• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झण्डाको रङ्ग खुइलिएपछि…

by
१० अशोज २०८१,
0
झण्डाको रङ्ग खुइलिएपछि…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। उद्घाटन भएको सात महिना नबित्दै पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा रहेको ‘अन्तर्राष्ट्रिय झण्डा उद्यान’मा नयाँ झण्डा फेरिएको छ । संविधान दिवसका अवसरमा गत साता उद्यानमा रहेका एक सय ९३ देशका पुराना झण्डा हटाएर नयाँ राखिएको हो । गत फागनु सात गते प्रजातन्त्र दिवसको अवसर पारेर उक्त झण्डा उद्यानमा राखिएको थियो ।

लायन्स कल्ब इन्टरनेशनलको करिब ७० लाख आर्थिक सहयोगमा पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा उक्त अन्तर्राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको थियो । घामपानीको असरले छोटो अवधिमै झण्डाको रङ्ग खुइलिएपछि नयाँ झण्डा फेर्नु परेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरले पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्ने आशामा उक्त उद्यान बनाएको थियो ।

विश्व शान्ति, भाइचारा र एकताको सन्देश दिन अन्तर्राष्ट्रिय झण्डा उद्यानले सघाउ पु¥याउने विश्वास महानगरका पदाधिकारीको छ । तर बर्सेनि राज्य स्रोतको रकम खर्चेर र दातासँग मागेर कहिलेसम्म उद्यानका झण्डा फेरिरहने भन्ने प्रश्न उब्जेको छ ।

झण्डा उद्यान निर्माणका क्रममा पनि स्थान छनोट उचित नभएको भन्दै सार्वजनिक वृत्तबाट टिप्पणी भएको थियो । पोखरा सार्वजनिक पुस्तकालय रहेको भवन भत्काएर उक्त स्थानमा झण्डा उद्यान बनाएकामा कतिपयले महानगरको आलोचनासमेत गरेका थिए ।

सो ठाउँमा पुस्तकालय नै राख्नुपर्ने या परम्परागत चौतारीसहितको हरियाली उद्यान बनाउनुपर्ने माग स्थानीयवासीको थियो । स्थानीयबासीको गुनासो सुनुवाइ नगरी महानगरले लायन्स इन्टरनेशनलसँग मिलेर अन्तर्राष्ट्रिय झण्डा उद्यान बनाएको थियो ।

उद्यानमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९३ सहित पोखरा महानगर र लायन्सका गरी एक सय ९७ झण्डा फहराइएको छ । एकै ठाउँमा विश्वभरका झण्डा लहरै फहराउँदा पर्यटकीय आकर्षण बढ्ने महानगरको दाबी रहेपनि कतिपयले भने झण्डा उद्यान मौलिक र पर्यावरणमैत्री नरहेको बताउने गरेका छन् ।

मुख्य सहरी क्षेत्रमा बनेको उक्त रङ्गीचङ्गी झण्डाको उद्यानले सवारीसाधन चलाउनेदेखि ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीलाईसमेत असहज हुने गरेको बताइन्छ । सवारीसाधन चालकको ध्यान मोडिने गरी सडकको दायाँबायाँ त्यस्ता सामग्री राख्न र संरचना बनाउन नहुने ट्राफिक प्रहरीको भनाइ छ ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले झण्डा उद्यानको दिगोपनाको योजना बनाउनुपर्ने बताए । “पोखरा घुम्न आउने पर्यटकका लागि नयाँ आकर्षणका रुपमा झण्डा उद्यानलाई विकास गर्नुपर्छ”, उनले भने, “पर्यटक भुलाउन अन्य आकर्षण र सुुविधा पनि त्यहाँ थप्नुपर्छ ।”

पोखरा महानगरपालिकाको सिको गर्दै बागलुङ नगरपालिकाले पनि गत वैशाखमा सदरमुकाममा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यानमा विश्वरभरका झण्डा फहराएको छ । उद्यानमा रहेका रुख काटेर झण्डा राखिएपछि त्योबेला जनस्तरबाट आलोचना भएको थियो ।

बागलुङको उद्यानमा रहेका झण्डा पनि घामपानीले खुइलिन थालेका छन् । नगरपालिकाले १२ लाख खर्चेर ती झण्डा उद्यानमा फहराएको थियो । अन्तर्राष्ट्रिय झण्डाले उद्यानको सौन्दर्यीकरणका साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरपालिकाको दाबी छ ।

Previous Post

पर्यटकीय राजधानीको अनुभूति हुनेगरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

Next Post

स्वास्थ्य अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश : स्वास्थ्यमन्त्री पौडेल

सम्बन्धित खबर

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
Load More
Next Post
स्वास्थ्य अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य अनुकूलन योजना विकास गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश : स्वास्थ्यमन्त्री पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In