• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’

by
१० अशोज २०८१,
0
‘ढुङ्गाखानी बन्द हुँदा रोजगारी गुम्यो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत। पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानास्थित माटेको लेकमा रहेको ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । उक्त ढुङ्गाखानी विगत १७ वर्षदेखि बन्द अवस्थामा छ ।

तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविस बीचको सिमाना विवादका कारण ढुङ्गाखानी बन्द भएको थियो । ढुङ्गाखानी सञ्चालन गर्न अहिलेसम्म कुनै पनि निकायले पहल गरेको छैन । मोदी गाउँपालिकाको तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले नोक्सानी बेहोर्नुपरेको छ । साथै स्थानीय सरकारले राजस्व गुमाएको छ । देउराली, क्याङ र भुकताङले गाविसका बासिन्दाले खानी आ–आफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि ढुङ्गाखानी बन्द भएको हो ।

सबैले ढुङ्गाखानीमाथि दाबी गर्नथालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका अध्यक्ष नरसिंह पुनले बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने उक्त ढुङ्गाखानी समुदायलाई हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको उनको भनाइ छ ।

खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहँुदा प्रयोगविहीन छ । “खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए”, अध्यक्ष पुनले भने । यहाँ निकालिएका ढुङ्गा पर्वत, बाग्लुङ, म्याग्दीलगायत देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरिएको उनले बताए ।

खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी जीविकोपार्जन गर्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी खोसिएको छ । धेरैजसो स्थानीय युवा विदेश पलायन भएका छन् । उनले ढुङ्गाखानीमा झण्डै १० वर्षसम्म काम गरेको थियो । जस्तापाताभन्दा ढुङ्गा बलिया र टिकाउ भएकाले धेरैले घर ढुङ्गाले छाउन मन पराउने गरेको विक बताउँछन् ।

एकपटक छाएको घर दुई÷तीन पुस्तासम्म पुग्ने स्थानीयवासी बताउँछन् । खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक लाखौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताए । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । यसअघि केहीले ढुङ्गा कुँद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आएका थिए । उत्तरी पर्वतका अधिकांश वडाका प्रायजसो घर ढुङ्गाले छाएका छन् ।

“पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए”, स्थानीय हर्कबहादुर पुनले भने, “अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।” खानी सञ्चालन गर्न सके स्थानीयको जीवनस्तरमा परिवर्तन आउने उनको भनाइ छ । “अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यता छ”, स्थानीय गङ्गाबहादुर विकले भने ।

स्थानीयलाई रोजगारी दिन खानी सञ्चालनमा ल्याउनुपर्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए । खानी सञ्चालन गर्न डिभिजन वन कार्यालय, खानी तथा भूगर्भ विभागलगायत सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने उनले बताए ।

Previous Post

साउन महिनामा विप्रेषण १८ प्रतिशतले बढ्यो

Next Post

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In