• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सोह्रश्राद्धमा पुरोहितलाई भ्याइनभ्याइ

by
५ अशोज २०८१,
0
सोह्रश्राद्धमा पुरोहितलाई भ्याइनभ्याइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीको बर्दिबास–२ का दिनेशकुमार झालाई अहिले घरका नियमित कामकाज हेर्ने फुर्सद नै छैन। घरको ससानो काममा पनि परिवारका हन्य सदस्यलाई सघाउने उनलाई हिन्दू परम्पराको पितृपक्ष सुरु भएदेखि घरबाहिरको काम भ्याइनभ्याइ छ।

कर्मकाण्डी पुरोहित झालाई अचेल एकै दिनमा कैयौँ व्यक्तिको श्राद्ध गराई दिनुपर्ने भएपछि धपेडी बढेको हो। ‘यो समय दौडादौड नै हुन्छ, घरको काम त हेर्नै भ्याइँदैन’, झा भने, ‘एकै दिन पाँच ठाउँमा श्राद्ध गराइदिनुपर्ने भएपछि एकाबिहानैदेखि व्यस्त हुन्छु।’

दिनेश मात्र नभएर उनकै दाजु महेशकुमार झा पनि पितृपक्षमा व्यस्त हुन्छन्। जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराइदिनुपर्ने भएकाले पुरोहितहरूलाई अहिले भ्याइनभ्याइ छ।

सोह्रश्राद्धमा पितृको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चार÷पाँच ठाउँमा कर्मकाण्ड गराउनुपर्ने भएपछि आफूहरूका लागि एकछिन पनि थकाइ मार्ने समय नभएको बर्दिबास–१ का अर्का पुरोहित पुष्पराज काफ्ले बताउँछन्।

‘हेर्नोस् न, आफ्नो पनि खेतीपाती छ, पोटाउँदै गरेको धानमा मल छर्ने बेला छ, यहीबेला पितृपक्षमा सबै यजमान कहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता पनि छ’, उनी भन्छन्, ‘गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै पर्‍यो, त्यसैले आफ्नै घरका परिवारजनलाई पनि सहयोग गर्न पाएको छैन।’

यसपालि गत बुधबार पितृपक्ष सुरु भएको हो। आजसमेत गरी तीन दिनमा दैनिक करिब चार घरमा श्राद्ध गराएकोे काफ्लेले बताए।

सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न एक÷डेढ घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) गर्नभने कम्तीमा साढे दुई घण्टा लाग्ने पुरोहित बताउँछन्।

एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ तर पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै संकल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र गुरु, दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवंगत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको कर्मकाण्डी उनीहरूको भनाइ छ।

यसपालि पहिलो दिनबाहेक सबैजसो तिथि दिनैपिच्छे परेका छन्। प्रतिपदा श्राद्धभने पूर्णिमा कटाएर बुधबार गर्नुपर्दा अपराह्न मात्र गर्न मिलेको थियो।

अब तिथिपिच्छेका श्राद्ध गरिँदै यही असोज १६ गते पितृ विसर्जन गरिनेछ। असोज कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ तिथि भए पनि पूर्णिमा तिथिको पार्वण श्राद्ध औँसीका दिन गरिने विधानले श्राद्ध १६ हुनेहुँदा यसपक्षलाई सोह्रश्राद्ध भनिएको भंगाहा–५ सीतापुरका कर्मकाण्डी पुरोहित ब्राह्मण विष्णुप्रसाद शर्मा बताउँछन्।

हिन्दु वैदिक परम्पराअनुसार गरिने पार्वण (महालय) र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवंगत भएकाहरूको गरिने) तिथि धेरैजसो यजमानको घरमा एकै दिन पर्ने भएकाले पुरोहितहरूको व्यस्तता बढ्ने गरेको हो।
पुरोहितको माग नघटे पनि यसमा लाग्नेहरूको संख्या घट्दै जाँदा पनि एउटैले धेरै ठाउँ खट्नुपर्ने बाध्यता छ।

ब्राह्मण परिवारका नयाँ पुस्ताका सन्तानले यो काममा अनिच्छा देखाउन थालेपछि पुरोहित घट्दै गएका स्वयम् पुरोहितहरू नै बताउँछन्।

‘हाम्रा बाजे, पिताजी र त्यसअघिका पूर्वज पनि कर्मकाण्डमा पारंगत हुनुहुन्थ्यो, हामी दाजुभाइलाई पनि बाजे र पिताजीले कर्मकाण्ड अध्ययनमा उत्प्रेरित गर्नुभयो’, बर्दिबास–१ का भागवत काफ्ले भन्छन्, ‘तर हाम्रा छोराले यता रुचि देखाएनन्, हामीले पनि कर गरेनौँ।’

सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दक्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका उनको बुझाइ छ।

परम्पराअनुसार श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायीको चिन्ता छ।

‘खै काम पर्दा पुरोहित हतपत भेटिँदैनन्, अब यो परम्परा के होला?’, भंगाहा–५ सीतापुरका ८७ वर्षीय शालिग्राम ढकाल चिन्ता व्यक्त गर्छन्।

वैदिक परम्पराका अनुयायी पाकाजन पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनुपर्ने बताउँछन्। विश्वका अन्य मुलुकमा आ–आफ्ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नुजस्तै ठान्नुपर्ने महोत्तरीकै जलेश्वर–४ का बासिन्दा ८४ वर्षीय कृष्णचन्द्र झा बताउँछन्।

कर्मकाण्ड र वैदिक परम्पराभित्र रहेका उचनिचको चलन, जातिपाती तथा छुवाछूतको रूढिवादी परम्परा र बिरालो बाँध्नेजस्ता विकृत चलन हटाउनुपर्नेमा भने अब बूढापाका पनि सहमत देखिएका छन्।

‘विगतमा रहेका गलत प्रथा, परम्परा र मान्यताहरू बदल्दै आफ्ना संस्कार र संस्कृतिको संरक्षण गर्नुको विकल्प छैन। यी त हाम्रा पहिचान पनि हुन् नि! कुनै भेदभावबिना पूर्वीय वैदिक परम्परा थाम्न र यसको संरक्षणका लागि अब युवा पुस्ता नै अग्रसर हुनुपर्छ’, ज्येष्ठ नागरिक झाको सुझाव छ।

Previous Post

म्यान्मारमा बाढीका कारण करीब ३०० व्यक्तिको मृत्यु

Next Post

चुट्किलाः डराएको नि !

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः डराएको नि !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In