• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

देशको मुहार फेर्ने क्षेत्र पर्यटन

by
३० भदौ २०८१,
0
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन् ।

क्यापिटल नेपालले शुक्रबार आयोजना गरेको ‘होटेलियस समिट–२०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे । सरकारी निकाय, उद्योगपती, पर्यटन व्यवसायी तथा नीति निर्माण तहमा रहेका अधिकारीले सामूहिक आवाजमा पर्यटनलाई देशको मुहार फेर्ने उपयुक्त अस्त्रका रुपमा व्याख्या गरे । सांसद विनोद चौधरीले नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै भएको बताए । ‘नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै हो, त्यसैले पर्यटन र होटल उद्योगलाई सबैभन्दा माथि लैजानुपर्छ’, उनले भने, ‘नेपालको सम्पूर्ण अर्थतन्त्रमा नै परिवर्तन ल्याउनसक्ने क्षेत्र पर्यटन हो ।’

सांसद चौधरीले हिजोका दिनमा कतिपय मुलुकका पर्यटक नेपाल जाने र त्यसमा पनि सोल्टी होटलमा जाने भनेर रोजाइमा राख्थे भन्दै त्यस्ता किसिमका होटल पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली मौलिकता झल्कने होटल मात्रै सञ्चालनमा ल्याउन सकेमा लाखौं पर्यटक नेपालमा ल्याउन सकिन्छ ।’ अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । विदेशी आगमनमा सकारात्मक बढोत्तरी भइरहेको र पर्यटकीय पूर्वाधार प्रयाप्त रहेको अवस्थामा विदेशी पर्यटक बढाएर पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको नेपाल ‘टुरिजम स्टाटिस्टिक, २०२३’ का अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१७ मा नौ लाख ४० हजार दुई सय १८ पर्यटक आएका थिए ।

सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटन क्षेत्रको महत्वपूर्ण पाटोका रुपमा रहेको होटल क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी बढिरहेको छ । होटल सङ्घ नेपालका अनुसार अहिलेको बजारको मूल्याङ्कनका हिसाबले करिब नेपालको वार्षिक बजेट बराबर देशभरका होटल क्षेत्रमा लगानी छ । झण्डै नेपालको वार्षिक बजेट बराबर होटल क्षेत्रमा मात्रै लगानी भएको छ । संसारका प्रख्यात ब्राण्ड पनि धमाधम नेपाल भित्रिरहेका छन् ।

मेरियट, हिल्टन, शेराटनलगायत होटलको प्रवेशले नेपाल विश्वको आकर्षक गन्तव्यका रुपमा स्थापित भएको छ । सर्वोच्च शिखर सगरमाथा, प्रसिद्ध पवित्र पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथलगायत महत्वपूर्ण तीर्थस्थल आदिले पछिल्लो समय धार्मिक पर्यटक बढोत्तरी भइरहेको छ । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष वसन्तराज मिश्रले नेपालको पर्यटन विकासका लागि हवाई सम्पर्क सञ्जाललगायत पूर्वाधार विस्तारका साथै गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ ध्यान दिइनुपर्ने खाँचो औंल्याए । उनले भने, ‘अन्तर्राष्ट्रिय चेन होटल आएका छन्, नयाँ–नयाँ प्रविधि भित्रिएको छ, अब मुख्य केन्द्रमा रहनुपर्ने विषय कनेक्टिभिटी हो, ३५ लाख क्षमताका पूर्वाधार भए पनि १० लाख पर्यटक आएका छन्, त्यसैल पर्यटक संख्या बढाउन कनेक्टिभिटीलाई सहज बनाउन आवश्यक छ ।’

दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, राष्ट्रिय ध्वजावाहकको सवलीकरण र अन्तर्राष्ट्रिय गन्तव्यमा बजारीकरण गरेर विदेशी पर्यटक आकर्षण गरिनुपर्नेमा उनले जोड दिए । उनले सरकारले प्रतिबद्धता जनाएका सबै काम गर्दै जानुपर्ने बताए । ‘संसारभर नेपालीले काम गरिरहेका छन्, हाम्रोमा काम गर्ने मान्छे नहुने भन्ने हुँदैन, प्राविधिक विषयको ज्ञान भएन होला, अन्य केही समस्या देखिए होला’, मिश्रले भने, ‘तर, यी समग्र विषयमा सुधार गर्न सके सोचेअनुसार पर्यटक आउने निश्चित छ ।’ पर्यटन क्षेत्रको अपार सम्भावनालाई लाभमा बदल्न व्यवसायी पनि निकै उत्साहित देखिएका छन् । शान्ति, स्थिर राजनीति र बलियो सरकार भएको अहिलेको अवस्थामा नेपालले पर्यटनबाटै बढीभन्दा बढी लाभ लिन सक्नुपर्ने व्यवसायी एवं सरोकारवालाको धारणा छ ।

सांसद चौधरीले पर्यटन उद्योगले नेपालको अर्थतन्त्रमा नै आमूल परिवर्तन ल्याउन सक्ने भन्दै यसका लागि होटल तथा अन्य सम्पूर्ण पूर्वाधारको विकास र विस्तारमा काम गर्नुपर्ने खाँचो औंल्याए । नेपालका लागि पदयात्रा व्यवसाय सबैभन्दा लोकप्रिय रहेको बताउँदै चौधरीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गरेर हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाएको खण्डमा पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तुरुन्तै लाभ लिन सकिने क्षेत्र पर्यटन भएकाले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिए । उनले पर्यटकीय याम सुरु भएकाले हवाई उडान बढाएर सेवालाई सुरक्षित र प्रभावकारी बनाउनुपर्ने धारणा राखे । अध्यक्ष ढकालले आफूलाई नेपालबाट उडान संख्या घटाइएको विषयमा मलेसियन र कतारी राजदूतले समेत जिज्ञासा राखेको उल्लेख गरे । ‘पर्यटन याममा उडान घटाउने होइन, बढाउनुपर्छ, हवाईमार्ग र सडकमार्गलाई चुस्त र प्रभावकारी बनाइनु पर्छ’, उनले भने, ‘नेपालमा धेरै ब्रान्डका होटल खोल्नु भनेको संसारका पर्यटकलाई बाटो खुल्नु हो, यसका लागि होटलको सेवा शुल्कलाई समय सापेक्ष बनाउनु पर्छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अथाह सम्भावनायुक्त पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर नीतिगत सुधार र प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अगाडि बढाइने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा तीन दशकदेखि चेन होटल आए पनि हाल चार÷पाँच वर्षमा धेरै खुलेका छन्, आगामी दिनमा थप केही आउने तयारीमा छन्, यसरी चेन होटलले पर्यटक नेपाल आउनुले मुलुकमा केही सकारात्मक गतिविधि भइरहेको छ भन्ने हो ।’ उनले विगतमा होटल र पर्यटन उद्योगलाई सम्भावनायुक्त तथा ठूलो क्षेत्रका रुपमा हेरिएको र अहिले लक्जरी होटल, नयाँनयाँ प्रविधि र लगानी भित्रिँदै गएको बताए । उनले होटलको लगानीलाई उद्योग सरह मान्यता दिइनुपर्ने, ३५ वर्ष पुरानो पर्यटन नीतिलाई परिवर्तन गरिनुपर्ने आवश्यकता औंल्याए । दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा भारत, चीन, बङ्गलादेश श्रीलङ्कालगायत मुलुकमा बजारीकरण गरेर पर्यटक आवागमन बढाइनुपर्ने सीइओ जोशीको भनाइ थियो ।

जुनिपर होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार सराफले २५ वर्षदेखि गुणस्तरीय पर्यटनको कुरा गरिँदै आए पनि त्यसबाट बाहिर निस्कन नसकिएको बताए । ‘विगत २०÷२५ देखि गुणस्तरीय पर्यटनको कुरा गर्दै आइएको थियो, अहिले पनि त्यही कुरामा अल्झिएका छौं’, उनले भने, ‘नेपालले प्रकृतिक र पुर्खाबाट धेरै सम्भावनाका क्षेत्र पाएको छ, पर्यटनका लागि पशुपति, बौद्ध, लुम्बिनी जस्ता सम्पदा नेपालमै छन्, सरकारसँग हात थापेर नबसौं, आफै अघि बढौं ।’
भारतबाट अन्य मुलुकमा करोडौं पर्यटक घुम्न जाँदा नेपालमा १२ लाख मात्र आएको तथ्याङ्क प्रस्तुत गर्दै उनले भने, ‘भारतबाट थाइल्यान्ड र अरु देशले करोडौं पर्यटक लग्दा नेपालले कति भित्र्याउन सक्यो ? हामीले गुणस्तरीय पर्यटनको कुरा गरेको अर्थ के ? पर्यटकको आमगन बढ्न नसक्नुको कारण, विमानस्थल होला, प्रचारप्रसारको कमी पनि कारक हुनुपर्छ ।’

होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले अहिलेको अवस्थामा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहे पनि करिब ३० प्रतिशत मात्रै पर्यटकलाई स्वागत गरेर कसरी लाभ लिन सकिन्छ भनी प्रश्न गरे । उनले आर्थिक विकासमा पर्यटन क्षेत्रले टेवा पुर्‍याउँदै आए पनि पुरानो ऐन र नीति नियममा बसेर काम गर्दा गाह्रो परिरहेको बताए । अध्यक्ष शाहले होटललाई उद्योग सरह मान्यता दिने उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको प्रतिबद्धताले यस क्षेत्रलाई उत्साह जगाएको बताए । उनले उत्पादनमुलक, सेवामूलक उद्योगले विद्युत सहुलियतलगायत जुन सुविधा पाउछन् होटललाई पनि सोही किसिमको सुविधा दिइनुपर्ने खाँचो औंल्याए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले उर्जापछि नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले योगदान दिइरहेको बताए । उनले भैरहवा, पोखरा, विराटनगरका विमानस्थललाई व्यवस्थित बनाइ त्यहाँबाट सीधा भारतको नयाँदिलीमा हवाई सेवा सञ्चालन गर्न सकिए पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे । नीतिगत सुधार र व्यवसायमैत्री वातावरण बनाएको खण्डमा नेपालमा पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।

Previous Post

११ लघुजलविद्युत् आयोजनाका करोडांँका उपकरण प्रयोगविहीन

Next Post

विदेशी मुद्रा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमय दर

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

विदेशी मुद्रा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In