• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती

by
२९ भदौ २०८१,
0
बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जानकी (बाँके) । बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू गरेको हो ।

बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीन सय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । “हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका तीनवटा गाउँपालिकामा यो परियोजना लागू गरेका हौँ,” उनले भने, “यो परियोजनाले धानखेतीका लागि सिँचाइ, कृषियान्त्रिकीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।”

यादवका अनुसार जानकी गाउँपालिका–२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र सोही पालिकाकै वडा नं ३ रामवापुरको बैष्णो कृषि फर्ममार्फत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ । धानको अवस्था बुझ्न कृषि प्राविधिकहरूले १० हेक्टर क्षेत्रफलमा लगाइएको धानको अनुगमन गरेका छन् ।

यस क्षेत्रका किसानलाई सहज रूपमा बीउ उपलब्ध गराउन राधाचार र राम धानको मूल बीउ उत्पादन गरिँदैछ । जसअन्तर्गत चार सय क्विन्टल मूल बीउ उत्पादन हुने परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए । उनले परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिए। उक्त रकम बीउ विषादी, जिङ्क र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ ।

परियोजनाले आधुनिक तरिकाले खेती गर्न तीन ठाउँमा ‘कष्टमहायरिङ्ग सेन्टर’ स्थापना गरेको यादवले बताए । “धानखेतीका लागि आवश्यक सबै यन्त्र अनुदानमा उपलब्ध गराइएको छ,” उनले भने, “जहाँबाट सहज रूपमा किसानहरू धानखेतीका लागि ती यन्त्रहरू प्रयोग गरिरहेका छन् ।”

जनहित कृषक समूह बैजानाथ–८ झिगौराका अध्यक्ष जगनरायाण थारुले कष्ट महायरिङ्ग सेन्टर स्थापनापछि किसानलाई फाइदा भएको बताए । “यो परियोजनाले हामी किसानलाई काम गर्न सजिलो बनाएको छ । सबै कृषियन्त्र एकै ठाउँमा उपलब्ध हुँदा खेती गर्न सहज भएको छ,” उनले भने।

परियोजनाले सहकारी र समूहका किसानहरूलाई ‘कष्टमहायरिङ्ग सेन्टर’मार्फत ट्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलरलगायत कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाका कृषि अधिकृत यादवले बताए । परियोजनाअन्र्तगत पाँच ठाउँमा ५० हेक्टरमा धानको चकलाबन्दी गरिरहेको छ ।

परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत आठ सय १४ जना कृषक तथा समूह र सहकारी जोडिएका छन् । ती किसानहरूका लागि यो चालु आर्थिक वर्षमा साना सिँचाइ, धानको चकलाबन्दी, कष्टमहायरिङ्ग सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रिकीकरणमा सहयोग, पोष्टहार्वेष्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले जानकारी दिए।

उनका अनुसार यसै परियोजनाअन्तर्गत बाँकेमा चालु आर्थिक वर्ष २०८१/८२ बाट तरकारी जोनको कार्यक्रम सञ्चालन गरिँदै छ । जसअन्तर्गत पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले बताए।

चालु आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारी खेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ । परियोजनाअन्तर्गत यसै वर्ष बाँकेको जानकी गाउँपालिका–१, २, ३, ४ त्यसैगरी, खजुरा गाउँपालिका–२ र ४ र बैजानाथ गाउँपालिका–२, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जसअन्तर्गत दुई हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा धानखेतीमा प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।

Previous Post

बजेट अभावले २८० खानेपानी आयोजना सुधार अधुरै

Next Post

चुट्किलाः मूर्ख मान्छेहरु

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः मूर्ख मान्छेहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In