• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राष्ट्रिय परिचयपत्रमा सर्वोच्चको फैसला कार्यन्वयनमा आलटाल, कर्मचारीले निवृत्तिभरण नै पाएनन्

by
२४ भदौ २०८१,
0
राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वोच्च अदालतले भदौ ७ गते राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो। नेपाल सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नबनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा आदेश भएको छ।

के छ सर्वोच्चको आदेशमा ?

सरकारले गत असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको थियो। राजपत्रमा प्रकाशित सूचनामा नेपाल सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर पेश गर्नुपर्ने उल्लेख छ। सरकारले पहिलो चरणमा साउन १ गतेबाट १८ जिल्लामा सामाजिक सुरक्षा भत्ता, निवृत्तिभरण र स्वास्थ्य विमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो। दोस्रो चरणमा माघ १ गतेबाट बाँकी ३८ जिल्ला र तेस्रो चरणमा आउँदो वर्षको साउन १ गतेबाट अन्य ११ जिल्लामा यो व्यवस्था कार्यान्वयन हुने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

त्यसबाहेक व्यक्तिगत आयकर दर्ता, कम्पनी दर्ता तथा नवीकरण र सवारी चालक अनुमतिपत्रका लागि साउन १ गतेबाटै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो। त्यस्तै, ब्याङ्क तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड प्राप्ति, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचमा आगामी माघ १ गतेबाट राष्ट्रिय परिचयपत्रका आधारमा सेवा दिने भनिएको थियो। सरकारको निर्णयले देशभरका नागरिकले सास्ती खेप्नु परेको थियो। विशेष गरेर ज्येष्ठ नागरिकलाई समस्या भएको थियो। यसका विरुद्ध अधिवक्ता रामबहादुर राउतले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसमाथि सुनुवाइ गर्दै सवोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न आदेश दिएको हो। यो मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय रोकिदिएको छ। संयुक्त इजलासको अन्तरिम आदेशमा भनिएको छ, ‘राजपत्रको भाग ५ बुँदा नं. ख मा प्रकाशित ‘नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्र परिचयपत्र नम्बर प्रस्तुत गर्ने’ भन्ने व्यवस्थामा उल्लेखित ‘सट्टामा’ शब्दलाई स्थगन गरी नेपाल सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवा उपलब्ध गराउने प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्नू, नगराउनू’ भनि विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’

यो अन्तरिम आदेशपछि सरकारले अनिवार्य गरेको छैन। तर निवृत्तिभरण भने रोकिएको छ। कतिपय कर्मचारीले निवृत्तिभरण पाउन सकेका छैनन्। राष्ट्रिय परिचयपत्र नहुँदा निवृत्तिभरण रोकिएपछि निवृत्तिभरण व्यवस्थापन कार्यालय पुगेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका ७ का चतुरभुज पाण्डेले निवृत्तिभरण व्यवस्थापन कार्यालयमा निवेदन दिएका छन्। उनले सर्वोच्चको अन्तरिम आदेश बमोजिम राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय रोकिएकाले नेपाली नागरिकताको प्रमाणत्रका आधारमा निवृत्तिभरण उपलब्ध गराउन माग गरेका छन्।

उनले निवेदनमा भनेका छन्, ‘सर्वोच्चको आदेश बमोजिम विना राष्ट्रिय परिचयपत्र निवृत्तिभरण पाउँ।’ निवेदनसँगै उनले सर्वोच्चको अन्तरिम आदेशको प्रतिलिपि, नागरिकताको प्रतिलिपि पनि पेश गरेका छन्। उनले भदौ १३ गते निवेदन दिएका हुन्। तर, अझै निवृत्तिभरण पाएका छैनन्। यो प्रक्रियामै रहेको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ। उनले राष्ट्रिय परिचयपत्र विना निवृत्तिभरण पाउँछन् कि पाउँदैनन् भन्ने यकीन भएको छैन। उनले निवृत्तिभरण पाएमा सबै कर्मचारीका लागि बाटो खुल्नेछ।

Previous Post

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

Next Post

शशांक भन्छन्– यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
फिचर-ब्यानर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
फिचर-ब्यानर

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२५ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सात जिल्लामा बाढीको जोखिम

२५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२५ असार २०८३,
तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट
आर्थिक

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

२५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२५ असार २०८३,
Load More
Next Post
शशांक भन्छन्– यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ

शशांक भन्छन्– यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In