काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुन तोलाको १२ सय रुपैयाँले घटेको हो ।
यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।













