• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति हुन्छ : घनश्याम भुसाल

by
२३ भदौ २०८१,
0
करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति हुन्छ : घनश्याम भुसाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।

शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०/५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने बताएका हुन् ।

उनले ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने बताए । उनले ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताए । उनले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताए ।

उनले भने ‘यसरी २५ वर्ष जतिमा जाँदाखेरी हामी मूलभूत रुपमा अलि समानतापूर्ण, अलि समानतापूर्ण अलि राष्ट्रिय जीवनमा । अहिलेको त राष्ट्रिय जीवन नै छैन भन्छु मैले । राष्ट्रिय जीवन नै बनेको छैन । हामी १०/१२ वर्षमा पुग्दाखेरि त्यस्तो राष्ट्रिय जीवन भएको मुलुकमा पुग्न सक्छौँ । त्यसपछि अरु ५० वर्षजति मेरो जिन्दगीमा मैले देख्दिनँ । सामान्यतया अब यो समाजवादी भयो है भन्ने बेलासम्म मेरो जिन्दगीमा मैले चाहिँ देख्दिनँ । त्यसमा एउटा मात्रै समस्या छ, आजैदेखि १५ वर्षमा हुन्छ ? हुँदैन । त्यो काम गर्नका लागि गर्ने कर्ता चाहिन्छ । पात्र चाहिन्छ ।

त्यो पात्र भनेको राजनीतिक पार्टी हो । त्यस्तो राजनीतिक पार्टी जो दलाल पुँजीवादबाट मूलभूत रुपमा मुक्त छ । मूलभूत रूपले दलाल पुँजीवादबाट मुक्त भएको त्यस्तो नेता होस् । त्यस्तो पार्टी होस् । त्यस्तो पार्टी होस् जसले, घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म यो होल कुरा, कृषिमा आत्मनिर्भर पनि भइँदैनन् । कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरू जन्मिँदैनन् । भ्रष्टहरू पालित, पोषित हुँदैनन् । तिनीहरू संरक्षित हुँदैनन् ।

नेता बन्दैनन् । तर दुर्भाग्य के छ भने अहिले हरेकजसो पार्टी, ठ्याक्कै थाहा छैन मलाई ४०/५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरूमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ काँग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभईकन अगाडी बढ्दै बढ्दैन । ठुलाहरूका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन् । राजनीति पनि सक्छन् । र मुलुकपनि सकिराखेका छन् । त्यसो गर्दा हामी यहाँबाट मुक्त भएपछि बल्ल समाजवादतिर जान सकिएला भन्ने लाग्छ मलाई । यो कुरा निराशापूर्ण पनि सुनिन सक्छ । तर जतिसुकै निराशापूर्ण भएपनि तथ्य यही हो भन्ने लाग्छ ।’

महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताए । उनले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाए । चुच्चे रेल र टावरहरूको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उनको भनाई छ ।

उनले भने – ‘अलिकति पपुलिज्मले पनि हाम्रो समाजवाद बिगा¥यो । यो व्यक्तिगत दोषारोपण जस्तो पनि सुनिन सक्छ, हाम्रो समाजवादको भाष्यलाई सबभन्दा बढ्ता त ओलीजीले नै बिगारिदिनुभयो । चुच्चे रेल आउँछ । काठमाडौंमा दुई वर्षमा आउँछ । अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरू सँग, के सँग भाष्य बिगारिदिनु भयो उहाँले । प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो भन्छु । शिक्षकले ५०/६० जना पढाउँला तर प्रधानमन्त्रीले देशको लाखौँ मानिसहरूलाई एक साथ कक्षा लिन्छ भन्छु के । म मन्त्री हुँदा सुनेको, कसरी बिगारिदिनु भयो भाष्य भन्दाखेरि उहाँको मैले पटक–पटक सुनेको, रोपे फलिहाल्छ नि भन्नुहुन्थ्यो के । के रोप्ने हो ? कहाँ रोप्ने हो ?कस्तो बिउ रोप्ने हो रु प्रविधि के हो ? पानी चाहिन्छ कि चाहिँदैन ? कति पाइन्छ ? अरु संरक्षण के गर्नुपर्छ ? बजार हुन्छ कि हुँदैन ? किसानले कति पाउँछ ? कर वा अन्तर्राष्ट्रिय सम्बन्ध यी सारा कुरा छोडिदिएर रोपे फल्छ नि । हाम्रो समाजवादको भाष्य यसरी पनि बिग्रियो ।’

उनले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताए । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उनले बताए ।

Previous Post

फेरि एउटा संघर्ष आवश्यक: प्रचण्ड

Next Post

आठ करोड खर्चेर हलेसीको प्रवेशद्वार ढलान

सम्बन्धित खबर

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
आवाज

जनता रिसाए भन्ने चिन्ता गरौँ : सभापति थापा

२७ जेष्ठ २०८३,
कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
Load More
Next Post
आठ करोड खर्चेर हलेसीको प्रवेशद्वार ढलान

आठ करोड खर्चेर हलेसीको प्रवेशद्वार ढलान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In