• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कञ्चनपुरमा गिद्ध गणना

by
२३ भदौ २०८१,
0
कञ्चनपुरमा गिद्ध गणना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आज कञ्चनपुरमा गिद्ध गणनाको कार्य भइरहेको छ । नेपाल पन्छी संरक्षण सङ्घको आर्थिक सहयोगमा गिद्ध पाइने सम्भावित क्षेत्रमा गणकलाई खटाएर गणना भइरहेको हो । अवलोकन, गणना र सचेतना प्रवाह गरी गिद्ध दिवस मनाउन लागिएको चरा विज्ञ हिरुलाल डगौराले बताए ।

उनका अनुसार गिद्ध गणना कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा नेचर गाइड एशोसिएशन, एनटिएनसी, कञ्चनपुर चरा संरक्षण समूह, बेलौरी नगरपालिकास्तरीय युवा सञ्जाल लगायतका प्रतिनिधि सहभागी रहेका छन् । गिद्ध गणना बिहानदेखि सुरु गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटा, भतपुरी, तारापुर, निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानसँगै निकुञ्ज बाह्य क्षेत्रको बन्साहा, पर्सिया, कञ्ज, झिलमिला, बेलडाँडी, किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गणना गर्ने कार्यक्रम रहेको छ ।

योसंगै कैलालीको खुटिया क्षेत्र र बेलीपतेला क्षेत्रमा पनि गणना भइरहेको छ । पाँचदेखि १० जनासम्मको टोलीमा गणकलाई विभाजन गरी गणना अगाडि बढाएको चरा विज्ञ डगौराले जानकारी दिनुभएको छ । ‘गणकहरुलाई गिद्ध देख्न सकिने सम्भावित क्षेत्रमा पठाएका छौँ’, उनले भने, ‘एक ठाउँबाट गणना गर्नका लागि कम्तीमा आधा घण्टा बसेर गणना गर्छौ, हिँड्दा हिँड्दै गणना गर्नका लागि एक घण्टा प्रति किलोमिटरभन्दा कम चालमा गणनाको कार्य हुन्छ ।’

गणकहरुले गिद्धका प्रजाति छुट्टयाइ सङ्ख्याका साथै क्रियाकलाप (सिनो खाएको, घाम तापेको, पानी खाएको वा नुहाएको, आकाशमा उडेको, झगडा गरेको आदी) अभिलेख राख्ने कार्यसँगै गिद्धलाई हुन सक्ने खतरा र चुनौतीको अभिलेख गर्ने, गिद्धका प्रजाति र उमेर समूह पहिचान सहयोगको लागि पुस्तक, पोस्टर, मर्लिन एपको प्रयोग गरी फोटो तथा भिडियो खिच्ने कार्य गरिने बताईएको छ ।

गिद्ध गणनाका लागि बिहान ७ बजेदेखि ११ बजे र साँझ ३ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको छ । यस अघिको सर्भेमा कञ्चनपुरमा गिद्धका एक सय २० बढी गुँड फेला परेका थिए । यसमध्ये लोपोन्मुख अवस्थामा पुगेको डंगर गिद्धका मात्रै एक सय १४ गुँड फेला परेका थिए ।

कञ्चनपुरमा तीन सयदेखि चार सयको हाराहारीमा गिद्ध रहेको चरा विज्ञहरुको अनुमान रहेको छ । नेपालमा नौ प्रजातीका गिद्धहरु पाइने जनाइएको छ । यसमा डंगर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन । प्रत्येक वर्षको सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ । नेपालमा सप्ताहव्यायी रुपमा १ देखि ७ सेप्टेम्बरसम्म गिद्ध दिवस मनाइँदै छ ।

Previous Post

आठ करोड खर्चेर हलेसीको प्रवेशद्वार ढलान

Next Post

आफूले लगेका अन्तरिक्षयात्रीबिनै पृथ्वीमा फर्कियो स्टारलाइन

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
आफूले लगेका अन्तरिक्षयात्रीबिनै पृथ्वीमा फर्कियो स्टारलाइन

आफूले लगेका अन्तरिक्षयात्रीबिनै पृथ्वीमा फर्कियो स्टारलाइन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In