• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

by
२२ भदौ २०८१,
0
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् ।

प्रकृति, संस्कृति, उजाड भूूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ ।

लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताए। लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका बताए ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको बताए । “दामोदरकुुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,” घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आएका पेमाले भने “दामोदरकुण्ड पारिको पाखा, सन्ताउन्नको डाडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन् ।”

समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुुवा, ब्याँसो, नाउर, रातोभालुलगायत वन्यजन्तु भेटिने पेमाले बताए । दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तुु देखिन थालेका छन् । तनहुँका दुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताए ।

समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताए । “विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,” उनले भने, “तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरु देखिने भएकाले यस क्षेत्रको अध्यताहरुका लागि धेरै सम्भावना छ ।” मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताए ।

“ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङग्रा मारेर किसानलाई दुःख दिएको छ,” उनले भने “घुम्ती गोठमा पालिने भेँडाच्याङग्रा र चौँरीलाई ब्यासो र चितुवाबाट बचाउन चुनौती भएको छ ।” वन्यजन्तु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन् ।

Previous Post

जापान र अस्ट्रेलियाले फिलिपिन्सलाई सहयोग गर्ने

Next Post

दसैं नजिकियो, खसी–बोकाको बढ्यो व्यापार

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
दसैं नजिकियो, खसी–बोकाको बढ्यो व्यापार

दसैं नजिकियो, खसी–बोकाको बढ्यो व्यापार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In