• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

by
१९ भदौ २०८१,
0
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

Male doctor measuring woman blood pressure with tonometer

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउनुहुन्छ। उहाँहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ।

मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ। यी सबै नसर्ने रोग हुन्। स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ। खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ।

“धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ। अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ”, डा कोजु भन्छन्।

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्। जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो। हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन्। नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन्।

कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन्।

नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ। सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन्। नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ। यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन्। उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्छन्, “वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ। सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ। यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन्।”

उनले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताउनुहुन्छ। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको सुझाव छ।

नसर्ने रोग यदी प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ। बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क÷वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाका अनुसार धुमपान, मद्यपान, शारीरिक निष्कृयता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक हुन्।

उनले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताए।

मुुटरोग विशेषज्ञ डा कोजुले स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने धारणा राख्छन्। ‘‘मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ। स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ। गुलियो पेयपदार्थ कम खाने। व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ”, डा कोजु भन्छन्।

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रुपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ।

नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ।

Previous Post

बिर्तामोडमा विक्षिप्त अवस्थामा भेटिइन् अस्मिता

Next Post

विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने बनाउँछौं : प्रधानमन्त्री

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने बनाउँछौं : प्रधानमन्त्री

विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने बनाउँछौं : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In