काठमाडौं । नयाँ सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेतापतिमा नियुक्त गरेका हुन् ।
योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् ।नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए ।
यसअघि साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।














