१. मानव–मानवबीचमा भेदभावको व्यवहार चलिरहेको छ । यो समस्याको समाधानको लागि हामीलाई राष्ट्रिय अभियानकै आवश्यकता छ ।
२. हरिजनको कल्याका साथै गिरिजन तथा बस्तीको दशामा सुधार गर्ने प्रश्न पनि जोडिएको छ ।
३. भारतीकरणको एक अर्थ हो, भारतमा रहने सबै व्यक्ति चाहे जुनसुकै भाषाभाषी होऊन् तीनले भारतका प्रति अनन्य, अविभाज्य, अव्यभिचारी निष्ठा राखून् ।
४. भारतीकरण आधुनिकीकरणको विरोध होइन । न त कपोलकल्पित परिकल्पना नै हो ।
५. भारतीयकरण नारामात्र पनि होइन । यो त राष्ट्रिय पुनर्जारणको मन्त्र हो । भारतमा बस्ने सबै मानिस भारतका प्रति अनन्य अविभाज्य, अव्यभिचारी निष्ठा राखून् । पहिले देश अनि अरु हुनुपर्छ ।
६. हामी अहिंसामा आस्था राख्छौँ र चाहन्छौँ कि विश्वका संघर्षको समाधान शान्ति र सम्झौताको बाटोबाट होस् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













