• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    चौध वर्षमुनिका २७ जनामा क्षयरोग

    तीन वटा फर्मलाई जरिवाना

    तीन वटा फर्मलाई जरिवाना

    बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने

    बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रतिनिधिसभाका सांसदको शपथ आज, १५ भाषामा शपथ हुने

by
७ पुस २०७९,
0
प्रतिनिधिसभाका सांसदको शपथ आज, १५ भाषामा शपथ हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ। २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ ९८० वर्षीय० सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ। यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो।

शपथग्रहणलगत्तै ज्येष्ठ सदस्य राणाले संसद् सचिवालयमा सभामुखको पदभार ग्रहण गरी कार्यारम्भ गर्नुभएको छ। उहाँले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई बिहीबार शपथग्रहण गराउने कार्यक्रम छ। त्यससँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल बिहीबारदेखि नै सुरु हुनेछ। सोही दिन दिउँसो १ बजे सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुनेछ। ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ। सदस्यका रूपमा पाउने सेवासुविधा पनि शपथपछि प्रारम्भ हुनेछ।

सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन् । १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन् ।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले शपथ लिएसँगै सदस्यको औपचारिक रूपमा कार्यकाल प्रारम्भ हुने बताउनुभयो। धमलाका अनुसार सदस्यहरूले पाउने सेवासुविधालगायतको गणना पनि बिहीबारदेखि नै हुनेछ। मङ्सिर ४ मा एकै पटक चुनाव सम्पन्न भएपछि यस पटक मतगणनामा शीघ्रता हुँदा जनप्रतिनिधिमूलक संस्थामा छोटो समय मात्र रिक्तता भएको हो। साथै प्रधानमन्त्री चयनअघि नै सदस्यको शपथ गराउने सरकार र संसद् सचिवालयको परामर्शपछि यो पटक चाँडै शपथ हुन लागेको हो। अघिल्लो पटक अधिवेशन प्रारम्भको एक दिनअघि शपथ गराइएको थियो। यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस गरेको छैन।

पुसको दोस्रो सातासम्म अधिवेशन आह्वान हुने अनुमानमा सचिवालयले तयारी भने करिब पूरा गरिसकेको छ। शपथपछिको अधिवेशनको पहिलो बैठक भने निश्चित भएको छैन। अधिवेशनमा राष्ट्रपतिले चाहेमा सम्बोधन पनि हुनेछ। राष्ट्रपतिबाट सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ। अघिल्लो पटक सांसदको शपथग्रहण नगरी प्रधानमन्त्री नियुक्त भएकोमा यस पटक त्यो अभ्यासमा पनि सुधार हुने भएको छ। अब बस्ने अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढ्नेछ।

१४ भाषाका २६ जना

यस्तै सहायक प्रवक्ता धमलाका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यस पटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्। १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्। यसैबीच शपथअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले बैठक आह्वान गर्नुभएको हो। बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ। बिहीबार मध्याह्न १२ बजे सर्वदलीय बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ।

Previous Post

झारफुकका नाममा त्रासदी घटना

Next Post

मुलुकको स्थायित्व गठबन्धनका नायक प्रचण्डको हातमा

सम्बन्धित खबर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय
फिचर-ब्यानर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

११ चैत्र २०८२,
शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
आवाज

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

११ चैत्र २०८२,
चौध वर्षमुनिका २७ जनामा क्षयरोग
समाचार

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

११ चैत्र २०८२,
तीन वटा फर्मलाई जरिवाना
समाचार

तीन वटा फर्मलाई जरिवाना

११ चैत्र २०८२,
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूलखेती गरिने
समाचार

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

११ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

११ चैत्र २०८२,
Load More
Next Post
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

मुलुकको स्थायित्व गठबन्धनका नायक प्रचण्डको हातमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In