१. मृतकलाई कञ्चनजंगा हिमालतर्फ शिर पारी गाड्ने चलन कुन जातिमा रहेको छ ?
– लेप्चा
२. माघी पर्व कहिले मनाइन्छ ?
– माघ १
३. छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ?
– सूर्य
४. धान नाच कुन जातिसँग सम्बन्धित नाच हो ?
– लिम्बू
५. विवाहमा दुलाहाले दुलहीलाई लगाइदिने औँठीलाई के भनिन्छ ?
– साइमुन्द्रो
६. डङ्गुवा प्रथा कुन जातिमा प्रचलित छ ?
— राजवंशी
७. चाँगुनारायणको मन्दिर कुन शैलीमा बनेको छ ?
— प्यागोडा शैली
८. पाटनको श्रीकृष्ण मन्दिर कुन शैलीमा बनेको छ ?
– शिखर शैली
९. स्वयम्भू तथा बौद्धनाथको चैत्य कुन शैलीमा बनेका छन् ?
– स्तूप शैली
१०. घर, भवन, मन्दिर, पाटी, पौवा र दरबार निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
– वास्तुकला
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट