काठमाडौं । काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । प्रहरीका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।
‘सानो भ्वाङ देखिए पनि सडकमुनि खाली ठाउँ धेरै नै रहेछ । बेलैमा नदेखिएको भए ठूलो दुर्घटना पनि हुनसक्थ्यो’, एक प्रहरी अधिकारीले भने, ‘अहिले हामी जेसबी प्रयोग गरेर भ्वाङ खोल्दैछौं । त्यसपछि सडक पुनः निर्माण हुन्छ ।’













