काठमाडौँ ।एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीसँग पराजित भएको छ।
चर्च ब्वाइजले खेलको सुरुवाती अग्रता सिलए पनि त्यसलाई जोगाउन नसक्दा पराजय व्यहोरेको हो।
पारोले एक मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा फर्किएको थियो। दशरथ रङ्गशालाको हिल्लामे मैदानमा भुटानको लिग च्याम्पियन पारो खेलको ३९औं मिनेटमा पछि परेको थियो।
चर्च ब्वाइजका लागि लाकेन लिम्बुले अग्रता दिलाएका थिए। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन। गोल भएर चलाएकै बलमा पारोले गोल गर्दै बराबरी गर्यो। दोस्रो हाफमा अर्को गोल थप्दै पारो विजयी भएको हो।













