काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालाको सबै प्रक्रिया पु¥याएर पत्र पठाएपछि बिहीबार एसियाली फुटबल महासंघ (एएफसी)ले मान्यता दिएको हो ।
एन्फाका सिइओ इन्द्रमान तुलाधरले पहिलोपटक एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको जानकारी दिए । योसँगै अब२९ साउनमा हुने तय भएको एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता यही मैदानमा हुनेछ ।
नेपालको लिग विजेता मच्छिन्द्र एफसी र भुटानको लिग च्याम्पियनबीच साँझ ६ बजे खेल हुनेछ। यो खेलमा पारोको तर्फबाट जापानिज स्टार होन्डा पनि सहभागी हुनेछन् ।













