• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?

by
२२ साउन २०८१,
0
अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका। अमेरिकी राष्ट्रपति जो वाइडेन राष्ट्रपतीय दौडबाट पन्छिएर उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अमेरिकी राष्ट्रपति निर्वाचनको राजनीतिले एकाएक कोल्टे फेरेको छ ।

अब विश्वको शक्तिशाली राष्ट्रपतिको दौडमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा मुकाबिला हुने अनुमान गरिएको छ । गत शुक्रबार डेमोक्रेटिक पार्टीका बहुमत डेलिगेट्सले कमलालाई नै पार्टीको आधिकारिक उम्मेदवार तोकिसकेको छ र अगष्ट १९ तारिखमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले औपचारिकता मात्र दिनेछ ।

गत जून २७ तारिखमा सम्पन्न वाइडेन र ट्रम्पबिचको टेलिभिजन बहसमा वाइडेनको निराशाजनक प्रस्तुतिपछि पार्टी पङ्क्तिभित्र वाइडेनको खरो र तीखो आलोचना भएको थियो । यति मात्र होइन, शारीरिक र मानसिक दुवै रूपले अशक्त वाइडेनले अमेरिकालाई हाँक्न सक्दैनन् भन्ने दलिल पार्टी पङ्क्तिभित्रै उठेको थियो ।

पार्टीका मतदाता र सम्भावित मतदाताबाट मात्र होइन, वाइडेनमाथि पार्टीका तीन दर्जनभन्दा बढी सांसदले उहाँ राष्ट्रपति निर्वाचनबाट पछि हट्न सुझाव र दबाब दिएका थिए । यसको केही दिनमा नै उहाँले पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी त्यागेको घोषणा गर्दै नयाँ पुस्तालाई सत्ताको साँचो सुम्पेको बताउनुभएको थियो । सोही अनुरूप डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछि हटेर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेपछि कमलाको पक्षमा अहिले माहौल तातेको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनलगायत डेमोक्रेटिक पार्टीका अधिकांश वरिष्ठ नेताले कमलाको पक्षमा समर्थन गरिसकेका छन् । अब आफूमाथि आएको यो गहन जिम्मेवारीलाई कमलाले कसरी सम्हाल्नुहुनेछ, त्यो भने आगामी दिनमा उहाँले चाल्ने कदमबाट प्रभावित हुनेछ ।

कमलाको अबको सहज बाटो भनेको उपराष्ट्रपतिको चयन हो । सम्भावित उपराष्ट्रपतिका पाँच जना उम्मेदवार छन् । छ जना सिनेटर तथा गभर्नरसँग कमलाले गम्भीर छलफल गरिसक्नुभएको छ । आगामी मङ्गलबारसम्ममा उहाँले यसको छिनोफानो गर्नुहुने अपेक्षा गरिएको छ ।

असल उपराष्ट्रपतिको चयनपछिको कमलालाई मात्र होइन, डेमोक्रेटिक पार्टीलाई सहजै गन्तव्यसम्म पुर्‍याउन सहज हुने अनुमान गरिएको छ । उपराष्ट्रपतिको दौडमा रहेकामध्ये सर्वाधिक अग्रपङ्क्तिमा पेन्सिलभेनियाका गभर्नर जोस स्यापिरो रहनुभएको छ । उहाँसँगै मिनिसोटाका गभर्नर टिम वाल्ज, केन्टकीका गभर्नर एण्डी वेसर, एरिजोनाका सिनेटर मार्क केली, एलिनोइका गभर्नर जेबी प्रिजेकर र हालका यातायात मन्त्री पिट बुटिजज रहनुभएको छ ।

उता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही हप्ता अघि नै रिपब्लिकन पार्टीको महाधिवेशनले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार तोकिसकेको छ । ट्रम्पले जे.डी भेन्सलाई आफ्नो उपराष्ट्रपतिको उम्मेदवार तोकिसक्नुभएको छ ।

त्यसो भए आगामी नोभेम्बरमा सम्पन्न हुने निर्वाचनमा कमला र ट्रम्पले कुल ५३८ मध्ये २७० वा सोभन्दा माथि इलेक्टोरल मत पाउला र राष्ट्रपति चुनिएला ? यो प्रश्नले अमेरिकी मतदाताको मथिङ्गल गिचोलिएको छ । ५९ वर्षीया कमला र ७९ वर्षीय ट्रम्पको उम्मेदवारीपछि गरिएको मत सर्वेक्षणमा ट्रम्पभन्दा दुई प्रतिशत बढी मतदाताले कमलालाई मन पराएको देखाएको छ । जुन बूढा भनेर आरोप खेपेका वाइडेनको भन्दा निकै बढी प्रतिशत हो । यसले पनि कमलालाई निकै हौस्याएको छ । वाइडेनले चुनावी यात्रामा हालसम्म उठाएको ९५ मिलियन डलरको अनुपातमा कमलाले दुई दिनभित्रै ८१ मिलियन डलर उठाइसकेको कारण पनि कमलाप्रति जनमानस जागरूक र समर्थक भएको देखिन्छ ।

त्यसो त अमेरिकाभरिका डेमोक्रेटिक पार्टीका विशिष्ट महिलाको जूम बैठकले पनि कमलालाई कसरी जिताउन सकिन्छ भनेर विशेष छलफलसमेत गरेको कारण उहाँप्रति महिलाको पनि झुकाव रहेको देखिन्छ । यसपटक अश्वेत, ल्याटिनो र युवा मतदाताको भार कमलामाथि धेरै छ ।

अधिकांश विश्लेषकले पनि कमलाको पक्षमा मत जाने अनुमान गरेका छन् । महिलामैत्री भइनसकेका अमेरिकी मतदाताले एसियन अमेरिकी मूलकी अश्वेत महिलालाई राष्ट्रपति चुन्लान् त ? अहिलेको सबैभन्दा गहन प्रश्न यही हो । हो, उहाँको खरो भाषण, महिला र महिलाको प्रजनन र गर्भपतनको अधिकारका बारेमा स्पष्ट दृष्टिकोण छ तर विजयका लागि यो नै काफी छैन ।

अश्वेत र श्वेतको भेद अमेरिकी मतदातामा भरपुर छ । यो नै उहाँको पराजयको कारक र कारण बन्न पनि सक्छ । किनकि २०१६ मा राष्ट्रपति पत्नी श्वेत महिला हिलारी क्लिन्टनले ट्रम्पसँग पराजय भोग्नुको कारण कारक पनि यही भएको विश्लेषण थियो ।

त्यसो त हिलारी कमलाभन्दा पनि बढी लोकप्रिय यस कारण हुनुहुन्थ्यो कि उहाँका श्रीमान् बिल क्लिन्टन राष्ट्रपति र उहाँ आफैँ पनि परराष्ट्र मन्त्री र एक बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । कमला ह्यारिस पनि हिलारी क्लिन्टनभन्दा कुनै पनि कुरामा कम हुनुहुन्न । तर रङ्गभेदले भित्री तहमा अमेरिकी जनताको दिल दिमागमा डेरा जमाएर बसेको कारण पनि मतदान स्थलसम्म कमलाको पक्षमा मत आउला भनेर विश्वास गर्ने आधार देखिन्छ ।

विगत आठ वर्षमा अमेरिकी राजनीति र अमेरिकी मतदाताको मनस्थितिमा धेरै परिवर्तन नआएको कारण यसै हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । बहुजनले सर्वप्रिय मानेको उपराष्ट्रपतिको चयन पनि कमलाको राष्ट्रपति निर्वाचनको एउटा बलियो आधार हुनसक्छ । त्यो चयन गलत भयो भने त्यसले दूरगामी असर पार्नेछ ।

उता ट्रम्प विजयी हुने खास कारण केही पनि छैन । मूलतः आप्रवासीहरूको मुलुक हो अमेरिका । अमेरिकी जनता र अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने चुनावी नारा केही हदसम्म सफल भए पनि आप्रवासीको मत ट्रम्पले पाउने कुरामा शङ्का गर्न सकिन्छ । ट्रम्पको विगतको चारवर्षे कार्यकाल अन्तर्राष्ट्रिय रूपले सफल भएको मानिँदैन ।

जनवरी ६ को हुलहुज्जत र क्यापिटल हिलमाथि गरिएको आक्रमणको दोष ट्रम्पमाथि नै लगाइएको छ । त्यति मात्र होइन, उहाँमाथि महिला उत्पीडन, यौन हिंसा र गम्भीर अपराधका तीन दर्जनभन्दा बढी मुद्दामा अदालतले दोषी ठहर गरिसकेको परिस्थितिमा जितेर आएको खण्डमा बदलाको भावना जागृत भएर हिटलर हुनसक्ने चेतावनी पनि केही विश्लेषकले दिएका छन् । त्यति मात्र होइन, उहाँकै उपराष्ट्रपति जेडी भेन्सले केही वर्ष अघि ट्रम्पलाई अमेरिकी हिटलर भनेर दिएको उपमा अहिले पनि चर्चाको विषय बन्ने गरेको छ ।

ट्रम्पले जे पनि गर्न सक्छन्, अमेरिकाको प्रजातन्त्रमाथि धावा बोल्न सक्छन् भन्ने एकथरी विश्लेषकको विचार छ भने एकथरी भने ट्रम्पले नै अमेरिकालाई अरू उचाइमा पुर्‍याउँछन् भन्ने गरेका छन् । गत महिना ट्रम्पमाथि भएको हत्या प्रयासको केही सहानुभूति मत पनि ट्रम्पले पाउने सम्भावना पनि उत्तिकै छ । उता रिपब्लिकन पार्टीले पुरातन सोच र योजनासहितको प्रोजेक्ट २५ नामक एउटा कार्यक्रम ल्याउन लागेको कुराले उदारवादी मानिस झस्केका छन् । यो प्रोजेक्टले आप्रवासीको मत काटिने धेरै सम्भावना पनि छ ।

अब रह्यो स्वींग स्टेटको कुरा । अमेरिकाका ५० वटा राज्यमध्ये करिब आधा आधा रिपब्लिकन र डेमोक्रेटको आधार छ । तर अमेरिकामा छ वटा यस्ता राज्य छन् ती राज्यले चाहेकै व्यक्ति राष्ट्रपति बन्छन् । ती हुन् एरिजोना, जर्जिया, मिचिगन, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिन । यी छ राज्यको मतभार बढी पनि छ । यिनीहरूको मत कहिले कता र कहिले कता ढल्कने गरेको छ । त्यसैले यी निर्णायक राज्यको साथ जसले पाउँछ, त्यही व्यक्ति नै सेतो दरबारको मालिक मात्र होइन, विश्वको नेता बन्छ ।

अमेरिकी मतदाता अब नोभेम्बर ५ मङ्गलबार सम्पन्न हुने आम निर्वाचनको दीर्घ प्रतीक्षामा छन् । यो दिनले नै अमेरिकाको इतिहासको फैसला गर्नेछ ।

Previous Post

काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी

Next Post

बागलुङ पहिरोः सातको मृत्यु, चारजनाको जीवितै उद्धार

सम्बन्धित खबर

बेनी–जोमसोम सडक रातिमा बन्द
समाचार

बेनी–जोमसोम सडक रातिमा बन्द

२० साउन २०८३,
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
फिचर-ब्यानर

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

२० साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२० साउन २०८३,
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
समाचार

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

२० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२० साउन २०८३,
Load More
Next Post
बागलुङ पहिरोः सातको मृत्यु, चारजनाको जीवितै उद्धार

बागलुङ पहिरोः सातको मृत्यु, चारजनाको जीवितै उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In