• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी

by
२२ साउन २०८१,
0
काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् ।

व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए ।

गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उनले बताए । यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् । पौडेलले भने, “गतवर्ष प्रति किलो पाँच हजारदेखि रु छ हजारमा बिक्री भएकामा यसपटक मूल्य बढेर १० हजारदेखि दश हजार पाँच सयसम्ममा बिक्री भयो”।

व्यवसायीहरुले गाउँमै आएर बीउ खरिद गर्ने गरेको उनको भनाइ छ । काँक्रोको बीउ बिक्री गरेर यसवर्ष थोरैमा तीन लाखदेखि धेरै आम्दानी गर्नेले दश लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बीउ उत्पादन राम्रो भएको किसान बलराम आचार्यले बताए । किसान आचार्यले भने, “गतवर्ष ४० किलो उत्पादन भएकामा यस वर्ष ७५ किलो उत्पादन गरेँ ”। प्रतिकिलो दश हजारका दरले बिक्री गर्दा रु सात लाख ५० हजार आम्दानी भएको उनको भनाइ छ ।

यहाँ उत्पादन भएको काँक्रोको बीउ सङ्कलन गरेर एक हजार किलो काठमाडौँस्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाइएको किसान पौडेलले बताए । पौडेलका साथै वडाध्यक्ष टुङ्गनाथ आचार्य, स्थानीय गोपाल आचार्य, इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बीउ सङ्कलन गरेर बिक्रीका लागि काठमाडौँ, पोखरा र बेनी पठाउने गर्छन्।

स्थानीय नवराज शर्मा यसवर्ष गाउँभरिमा सबैभन्दा धेरै ९७ किलो काँक्रोको बीउ उत्पादन गरेर नौ लाख ७० हजार आम्दानी गर्न सफल भएका छन् । उत्पादन भएको काँक्रोको बीउले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । यहाँका किसानले २० वर्षदेखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बीउ उत्पादन गरेर गाउँमा दुईदेखि तीन करोडसम्म भित्र्याउने गरेका छन् ।

पछिल्ला केही वर्षयता काँक्रो र गोलभेडाको बीउले राम्रो मूल्य पाउन थालेपछि विदेश पुगेका युवासमेत गाउँ फर्किएर कृषि खेतीमा लागेको युवा किसान टेकनारायण आचार्यले बताए । तरकारी र बीउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर पनि राम्रो आम्दानी लिने गरेका छन् ।

यहाँ उत्पादन भएको तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, मुस्ताङ, बागलुङ, कुस्मा र पोखरासम्म पुग्ने गर्दछ । ताजा तरकारी र बीउ उत्पादन गरेर यहाँका किसानको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ । बीउबाहेक यहाँ मौसमी तथा बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुने गरेको छ ।

यहाँका स्थानीयले धान, कोदो जस्ता अन्नबाली छाडेर तरकारी खेतीलाई मुख्य पेसाका रुपमा अपनाएका छन् । धाइरिङ बाहेक जिल्लाको फलेवास नगरपालिका–१० कर्घा, वडा नंं ११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छामा पनि काँक्रोको बीउ उत्पादन हुँदै आएको छ ।

Previous Post

हनुमन्ते नदी बस्तीमा पस्यो

Next Post

अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?

अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In