• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?

by
२२ साउन २०८१,
0
को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीनवटा महत्वपूर्ण पात्र रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका छन् ।

नाहिद इस्लाम: इस्लाम अहिले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठूलो चेहेरा हुन् । उनले आइतबार भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने।’

इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन् । उनले प्रहरीलाई जुलाई २० मा पक्राउ गरेको आरोप छ । तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बसाउन लगाएका थिए । इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए । बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनले दाबी गरे । २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो । यस पटक, डिटेक्टिव ब्रान्चले सुरक्षाको कारणले इस्लाम र उनका सहयोगीलाई हिरासतमा राख्न आग्रह गरेको थियो । फेरि हिरासतमा पर्नुआ अघि इस्लामले जुलाई २० मा बिहान २ बजे करिब २५ देखि ३० जनाले आफूलाई जानकारी नदिई जबरजस्ती लगेका थिए । पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए । इस्लामले सरकारले हिंसा जारी राखे संसद कब्जा गर्ने बताएका थिए ।

आसिफ महमूदः महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुन् । उनी जूनमा सुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बने । महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए । अन्यजस्तै उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । महमूदलाई हिरासतमा राख्नुको पछाडि सुरक्षा कारण पनि बताइयो ।

जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो । उनीहरुको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो । उनीहरुलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुन २८ गते उनका परिवारका सदस्यले उनलाई भेट्न अनुमति मागेका थिए तर भेट्न दिएनन् । तर यसअघि इस्लाम, महमुद र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए । रिपोर्टका अनुसार प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाएको थियो । महमूदलाई इन्जेक्सन दिइएको थियो जसका कारण उनी धेरै दिनसम्म बेहोस रहेको बताइएको थियो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उनी हिरासतबाट रिहा भएका थिए । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरे । हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि एकपटक बयान दिएका छन् । उनले देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने बताएका छन् ।

अबुबकर मजुमदार : अबु बकरले शेख हसिनालाई सत्ताबाट हटाउनमा पनि भूमिका खेलेका छन् । उनी ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन् । फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन् । ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका तिह्ये । उनले ‘स्वतन्त्रता सेनानी’ का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरे ।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए । त्यसपछि धेरै दिनसम्म उनको कुरा सुनिएन । दुई दिनपछि उनलाई उठाइएका ठाउँकै सडकमा छाडियो । पछि अबुले मिडियालाई प्रहरीले उनलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताए । उनले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि जुलाई २६ मा प्रहरीले उनलाई फेरि हिरासतमा लिएको थियो ।

यसपटक उनीसँगै आएका मानिसहरूले आफूलाई ढाका महानगरीय प्रहरीको डिटेक्टिभ विंगका अफिसर भएको परिचय दिए । त्यहाँ उपस्थित मानिसहरूले उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको बताएका थिए ।

तिनै विद्यार्थी नेताहरुले अब हसिनाले राजीनामा दिएर देश नै छोडेपछि सेनाको सत्ता स्वीकार नहुने भन्दै नयाँ सरकार गठनको माग गरेका छन् । स्थानीय मिडियाका अनुसार उनीहरुले नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

Previous Post

बंगलादेशमा रोकिएन लुटपाट, कैयौं प्रहरी चौकीमा आगलागी

Next Post

हनुमन्ते नदी बस्तीमा पस्यो

सम्बन्धित खबर

बेनी–जोमसोम सडक रातिमा बन्द
समाचार

बेनी–जोमसोम सडक रातिमा बन्द

२० साउन २०८३,
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
फिचर-ब्यानर

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

२० साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२० साउन २०८३,
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
समाचार

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

२० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२० साउन २०८३,
Load More
Next Post
हनुमन्ते नदी बस्तीमा पस्यो

हनुमन्ते नदी बस्तीमा पस्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In