• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब १५ करोड, कुन बैंकले कति कमाए ?

by
२२ साउन २०८१,
0
आज सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति किन राेकियाे?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘क’ वर्गका वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा साढे ७ अर्बबढी नाफा कमाएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आवमा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवमा यस्तो नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

यस हिसाबले बैंकहरूको नाफा १ वर्षको अवधिमा १३ दशमलव ४० प्रतिशत बढेको छ । बैंकहरूको विवरणअनुसार गत आवमा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ भने सबैभन्दा बढी नाफा प्रगति वृद्धि गर्ने बैंकमा प्रभु बैंक रहेको छ ।

अंकका आधारमा बढी नाफा आर्जन गर्ने बैंकहरूको सूचीको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक बनेको छ । नाफामा प्रगति गर्ने बैंकका रूपमा कुमारी बैंक दोस्रो स्थानमा रहेको छ । यसैगरी, बढी नाफा कमाउने बैंकको तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । नाफामा प्रगति गर्ने तेस्रो बैंकका रूपमा प्राइम कमर्सियल बैंक परेको छ ।

नबिल बैंकले गत आवमा १० प्रतिशत नाफा वृद्धि गरी ७ अर्ब ६ करोड पु¥याएको छ । अघिल्लो आवमा सो बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसैगरी, ग्लोबल आईएमई बैंकको नाफामा १० प्रतिशत कमी आए पनि गत आवमा यस बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आव २०७९–८० मा सो बैंकको नाफा ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ थियो ।

यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंकले गत आव २०८०–८१ मा ५ अर्ब १९ करोड ८३ लाख नाफा आर्जन गरेको छ । सो बैंकले अघिल्लो आवमा ३ खर्ब ७२ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।

बढी नाफा आर्जन गर्ने अन्य बैंकहरूमा क्रमशः प्रभु बैंक, प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक रहेका छन् ।

बढी नाफा प्रगति गर्ने बैंकहरूमा प्रभु बैंक रहेको छ । यस बैंकले गत आवमा १५ सय प्रतिशत प्रगति गरेको छ । यसैगरी, कुमारी बैंकले ३ सय ४५, प्राइम कमर्सियल बैंकले २ सय ६७ प्रतिशत प्रगति हासिल गरेका छन् । आव २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा नाफा प्रगति गर्ने बैंकहरूमा क्रमशः कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, एभरेस्ट बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।

गत आवमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । आव २०७९–८० को तुलनामा गत आव २०८०–८१ मा धेरै नाफा घटेका बैंकहरूमा एनआईसी एसिया बैंक अघिल्लो स्थानमा छ । सो बैंकले आव २०७९–८० मा ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेकामा गत आवमा ६९ प्रतिशतले ह्रास आई १ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । नेपाल बैंकको नाफा पनि ५२ प्रतिशतले कमी आएको छ । यसैगरी, सिटिजन्स बैंक र एनएमबी बैंकको नाफा पनि २७ प्रतिशतले घटेको छ । नाफामा ह्रास आउने बैंकहरूमा क्रमशः माछापुच्छ«े बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

धेरै नाफा कमाउने बैंकका रूपमा रहेको नबिल बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १० दशमलव २३ प्रतिशत बढी हो ।

त्यस्तै, ६ अर्ब नाफा कमाएको ग्लोबल आईएमई बैंकले ५ अर्ब १९ लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ«े बैंक रहेको छ । सो बैंकले गत आवको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ ।

अघिल्लो आवको तुलनामा गत आव सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा १ हजार ४ सय ९९ दशमलव शून्य ४ प्रतिशत बढी हो ।

गत आव २०८०–८१ मा प्रभु बैंकले आक्रामक नाफा वृद्धि गरेको छ । अघिल्लो वर्ष जम्मा २८ करोड २ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले गत वर्ष एकैपटक ४ अर्ब ४८ करोड रुपैयाँभन्दा माथि नाफा कमाउन सफल भएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव ४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ । बैंकको सञ्चालन नाफा पनि ३ सय ५४ दशमलव ६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघेको छ । गत वर्ष बैंकले १ अर्ब ५५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोडबढी पुगेको छ । रिजर्भ कोषमा ११ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकहरूको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा भने न्यून रहेको छ । २० बैंकको औसत वितरणयोग्य नाफा १८ अर्ब ५८ करोड रुपैयाँ छ । गत आवमा हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । त्यस्तै हिमालयन, कुमारी, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चित नोक्सानीमा छन् ।

एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । यस बैंकले आफ्ना सेयरधनीलाई २९ दशमलव ८६ प्रतिशत प्रतिफल दिनसक्ने वित्तीय विवरणमा उल्लेख छ ।

दोस्रो बढी लाभांश क्षमता स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यस बैंकको २६ दशमलव ५० प्रतिशत लाभांश क्षमता छ ।

तेस्रो बढी लाभांश क्षमता सरकारी स्वामित्वको कृषि विकास बैंकको १७ दशमलव ३७ प्रतिशत देखिएको छ ।

सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता भने १४ दशमलव २६ प्रतिशत मात्र देखिएको छ । नेपाल एसबीआई बैंकको १० दशमलव ७६ प्रतिशत लाभांश बाँड्ने क्षमता देखिएको छ भने सानिमा बैंकको १० दशमलव ४० प्रतिशत लाभांश क्षमता छ ।

Previous Post

चोभारमा पहिरो, हेटौडा–बल्खु सडक अवरुद्ध

Next Post

तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

तीन हजार पाँच सय विदेशीद्वारा पनौती सङ्ग्रहालयको अवलोकन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In