• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    येन स्थिरतामा अमेरिकाको जोड

    येन स्थिरतामा अमेरिकाको जोड

    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

    आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

    आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

    चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने

    चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल

by
१७ साउन २०८१,
0
सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकेसँगै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको हो ।

यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् ।

बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

अठ्तीस वर्षको सैन्य जीवनमा उनीसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।

कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उनले काम गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाएका छन् । उनले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसकेका छन् ।

सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन् । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पु-याएबापत उनले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाएका छन् ।

नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी तोकेको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवद्र्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पु-याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानव अधिकार प्रवद्र्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पु¥याइसकेका छन्भने हाल विभिन्न ११ मिसनमा पाँच हजार नौ सय १६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।

Previous Post

दक्षिण कोरियाली सार्पसुटर किम किन खास रहिन्

Next Post

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

सम्बन्धित खबर

येन स्थिरतामा अमेरिकाको जोड
अन्तर्राष्ट्रिय

येन स्थिरतामा अमेरिकाको जोड

२० साउन २०८३,
इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
समाचार

इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह

२० साउन २०८३,
न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
समाचार

न्यायाधीशमाथि दबाबको दाबीबारे तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन

२० साउन २०८३,
प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय
समाचार

प्रदेश सरकारको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

२० साउन २०८३,
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले

२० साउन २०८३,
चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने
समाचार

चार महिनापछि खुल्यो काठमाडौं सार्वजनिक पुस्तकालय, अब समाज कल्याण परिषद्ले सञ्चालन गर्ने

२० साउन २०८३,
Load More
Next Post
चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In