• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेनेजुएलामा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप

by
१५ साउन २०८१,
0
भेनेजुएलामा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप

TOPSHOT - Venezuelan President and presidential candidate Nicolas Maduro reacts following the presidential election results in Caracas on July 29, 2024. Venezuela's President Nicolas Maduro won reelection with 51.2 percent of votes cast Sunday, the electoral council announced, after a campaign tainted by claims of opposition intimidation and fears of fraud. (Photo by JUAN BARRETO / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किएका छन् र उनी लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर, विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन् ।

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेका थिए ।

भेनेजुएलाको निर्वाचन आयोग, नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेका थिए । जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् ।

आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरुले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । एक्जिट पोलको नतिजाले पनि गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएको थियो तर, नतिजा आएसँगै विपक्षीहरु अचम्ममा परेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

वर्तमान राष्ट्रपति निकोलस मादुरोले यस चुनावमा संयुक्त विपक्षीबाट कडा चुनौती सामना गर्नुपरेको थियो । विपक्षी दलले चुनावी प्रचारका क्रममा विगत एक दशकदेखि चलिरहेको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । भेनेजुएलामा आर्थिक संकटका कारण करिब ७० लाख मानिस देश छोडेर अन्य देशमा बसोबास गरेका छन् । ७४ वर्षीय एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा रहेको विपक्षीले मदुरोविरुद्ध चुनाव लडेका थिए । तर, उनले विगत ११ वर्षदेखि सत्तामा रहेका निकोलस मदुरोलाई सत्ताबाट हटाउन भने सकेनन् ।

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले भने, ‘परिणामपछि विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेका छन् । हामीले यो फिल्म धेरै पटक हेरेका छौं ।’

मादुरोले अगाडी भने, ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान् र अद्भुत मानिसहरू हुनुहुन्छ ।

अमेरिकी सरकारले भेनेजुएलाको चुनावी नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताएका छन् । ब्लिन्केनले भने, ‘परिणाममा निकोलस मादुरोलाई विजयी घोषणा गरिएको छ, तर यी निर्वाचन परिणामहरू सही नभएकोमा हामी चिन्तित छौं। घोषित निर्वाचन परिणामले भेनेजुएलाका जनताको इच्छालाई प्रतिबिम्बित गर्दैन ।’

भेनेजुएलामा विपक्षीले चुनावी नतिजामा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । एक्जिट पोलको नतिजामा विपक्षी दलले बहुमत ल्याउने दाबी गरेपछि विपक्षी नेता र उनका समर्थकले जितको खुसी मनाउन थाले पनि अहिले चुनावी नतिजा आएपछि उनीहरुलाई ठूलो झट्का लागेको छ ।

Previous Post

यात्रुलाई बासी खानेकुरा बिक्री गरेपछि दुई लाख जरिवाना

Next Post

सरकारले गर्‍यो १८ देशमा राजदूत सिफारिसः भारतमा शंकर, दक्षिण कोरियामा तुम्बाहाङ्फे (सूचीसहित)

सम्बन्धित खबर

आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
आवाज

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

२३ चैत्र २०८२,
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

२३ चैत्र २०८२,
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
Load More
Next Post
सरकारले गर्‍यो १८ देशमा राजदूत सिफारिसः भारतमा शंकर, दक्षिण कोरियामा तुम्बाहाङ्फे (सूचीसहित)

सरकारले गर्‍यो १८ देशमा राजदूत सिफारिसः भारतमा शंकर, दक्षिण कोरियामा तुम्बाहाङ्फे (सूचीसहित)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In