काठमाडौं । महाकाली नदीमा हाम फालेर एक युवती बेपत्ता भएकी छिन् । शनिबार साँझ सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले प्रहरीले रोक्दारोक्दै कुँवरले हाम फालेको जानकारी दिए । अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।













