• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्प गोली काण्डपछि सीक्रेट सर्भिसकी प्रमुखको राजीनामा

by
९ साउन २०८१,
0
ट्रम्प गोली काण्डपछि सीक्रेट सर्भिसकी प्रमुखको राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन् । ‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु,’ उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन् ।

घटनाका बारेमा सोमवार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्र्याट र रिपब्लिकन पार्टीका सांसदले उनको राजीनामा माग गरेका थिए । पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्‍यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए ।

राजीनामामा के छ
सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले भारी मन बनाएर राजीनामा दिएको उल्लेख गरेकी छन् । मङ्गलवार राति दिएको राजीनामामा आफूले निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको चीटलले उल्लेख गरेकी छन् । ‘अघिल्लो साताको सुरक्षा व्यवस्था निकै कडा थियो र हाम्रो सञ्चालन गति बढाउन सक्ने हो भने त्यो जारी रहन्छ,’ उनले भनेकी छन् । ‘मेरो राजीनामा माग भएका कारण महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने म चाहन्छु ।’

राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन् । ‘जुलाई १३ मा भएको के हो भन्नेबारे स्वतन्त्र समीक्षाको काम जारी नै रहन्छ र म त्यसको निष्कर्षका लागि सहयोग गर्न आग्रह पनि गर्छु। हामी सबैलाई थाहा छ त्यो दिन जे भयो त्यो अब कहिल्यै दोहोरिने छैन,’ बाइडनले भनेका छन् ।

छिट्टै नयाँ निर्देशक
अमेरिकी राष्ट्रपति जो बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन् । तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रोलाई कार्यवाहक निर्देशक नियुक्त गरेका छन् ।

सीक्रेट सर्भिसमा विगत २४ वर्षदेखि कार्यरत रोनल्ड रो सन् २०२३ मा उपनिर्देशक भएका थिए । राष्ट्रपति बाइडनले सन् २०२२ मा चीटललाई सीक्रेट सर्भिसको प्रमुख नियुक्त गरेका थिए । उनले उक्त निकायका लागि विभिन्न भूमिकामा २७ वर्ष काम गरेकी छन् । अमेरिकी सीक्रेट सर्भिसले वर्तमान र पूर्व राष्ट्रपति सहित अन्य अधिकारीहरूको सुरक्षा हेर्ने गरेको छ । बीबीसी

Previous Post

चितुवाको त्रासले घर बाहिर निस्किनै डर

Next Post

रोचकः नक्कल गर्ने बाठो चरा

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?

रोचकः नक्कल गर्ने बाठो चरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In