तरकारी यसरी पकाउनु हानिकारक
टमाटरलाई पकाएर, पोलेर या पिसेर लेदो बनाई तरकारीमा मिसाउनु ।
तेल, घिउ तताई त्यसमा तरकारी ओइरिएर पकाउनु ।
मरमसलालाई प्राण हरण हुने गरी तार्नु, भुट्नु या डढाउनु ।
गल्ने गरी पकाउनु ।
पहिले तरकारी अलग्गै तेलमा भुट्ने फेरि अरु तरकारीसँग मिलाएर मिक्स तरकारी बनाउनु ।
एक पटक पाकेकोलाई पटकपटक तताउनु ।
ऊर्जा बचाउने र चाँडो पकाउने निहुँले प्रेसर कुकरमा सिठी लगाई पकाउनु ।
सिङ्गतो तरकारीमा मरमसलाको लेदो भरी भुटेर तयार पार्नु ।
स्वस्थकर बनाउने तरिका
तरकारीबाट प्राप्त हुने स्वाद, मसला र नूनको होइन, त्यसको मूल पदार्थको आउनुपर्ने हो । सागसब्जी तथा तरकारी त्यसरी पकाइनुपर्छ, जसका कारण त्यसको मौलिक स्वाद ओझेल परी मरमसलाको स्वाद हाबी हुन नपाओस् ।
पोषक तत्व नष्ट नहुने गरी तरकारी पकाउने अर्काे सजिलो तरिका हो— उम्लिएको पानीमा काटेर तयार पारेको तरकारी हाल्ने र १५–२० मिनेट कुनै उपयुक्त ढक्कनीले छोपिदिने । अन्तमा आवश्यकता अनुसार नुन, तेल, मसला, टमाटर मिलाई पुनः केही बेर छोपेर तयार गर्ने ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













