उच्च रक्तचाप विभिन्न कारणले हुनसक्छ । टेन्सनमा रहनु । चिल्लो, अमिलो, पीरो, बढी मसला, धुम्रपान, मद्यपान, कफी चिया बढी पिउनेहरु, बढी चिसो बढी तातो खानेकुराहरु, बढी मासु र नुन खानेहरु, शोक, भय, चिन्ता, क्रोध, रिस र डाहा गर्नेहरुको भित्री अङ्गमा बिकार उत्पन्न हुन्छ र विविध कारणले उच्च रक्तचापको बिमार हुन्छ । मोटोपन, मधुमेह र मृगौला सम्बन्धी रोगबाट पनि प्रेसर बढ्छ । कब्जियतबाट पनि प्रेसर बढ्छ । यसको नियन्त्रण तथा रोकथामको लागि उपयुक्त शारीरिक व्यायाम गर्नु महत्वपूर्ण मानिन्छ ।
शरीरभरि रगतको सञ्चार राम्रो गर्दछ ।
अक्सिजन र पोषक तत्व कोष कोषमा पु-याउँदछ ।
रोगप्रतिरोधात्मक शक्ति ठीक गर्दछ ।
पाचन प्रक्रिया ठीक राख्दछ, कब्जियत हटाउन मद्दत गर्दछ ।
मानसिक रुपमा पनि ठीक राख्दछ ।
राम्रो विचारको पनि विकास गर्दछ । सिर्जनशीलताको पनि विकास गर्दछ ।
सबै निस्कासन प्रक्रियामा मद्दत गर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













