काठमाडौं – प्राइड महिनाको सम्मानमा, काठमाडौँस्थित अमेरिकी दूतावासले विभिन्न संस्थाहरूसँग गर्वका साथ सहकार्य गर्दै दूतावासभित्र विशेष प्यानल छलफल आयोजना गरेको छ ।
दूताबासले बिहीबार आफ्नो फेसबुक पेज माफर्त जानकारी दिंदै विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै दूतावासभित्र विशेष प्यानल छलफल आयोजना गरेको जानकारी दिएको हो ।
दूतावासका अनुसार प्यानलमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरु सिम्रन शेरचन (फेडेरेसन अफ सेक्शुअल एण्ड जेन्डर माइनोरिटिज नेपाल), शैली चौधरी (दलित लाइभ्स म्याटर), सुदीप गौतम (युनिटी फर चेन्ज), र सुभाष काफ्ले (ब्लु डायमण्ड सोसाइटी) सहभागी थिए ।
कार्यक्रमले समुदायभित्रका आवाजलाई बलियो बनाउन र अर्थपूर्ण संवादका लागि मञ्च तथा सुरक्षित स्थान प्रदान गर्ने उद्देश्य राखेको थियो। छलफलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरुका अधिकारमा भएको प्रगति, समुदायभित्रको अन्तरसम्बन्धितताको महत्व, उहाँहरूको दृढता र शक्तिलाई उजागर गर्ने व्यक्तिगत अनुभवहरूलाई विशेष रूपमा प्रस्तुत गर्यो र अझै बाँकी रहेका चुनौतीहरूलाई सम्बोधन गर्यो।













