१) आफ्नो अन्तरात्मासँग युद्ध गर्नुपर्छ । बाहिरी शत्रुसँग युद्ध गरेर केही लाभ हुँदैन । आत्माद्वारा नै आत्मालाई जित्ने मानिस पूर्णरुपमा सुखी हुन्छ ।
२) कसैको अस्तित्वलाई नमेट, शान्तिपूर्वक स्वयम् बाँच र त्यसरी नै अरुलाई बाँच्न देऊ ।
३) क्षण–क्षणमा क्षीण हुँदैछ आयु । त्यो नबुझेर मूर्ख मानिस विचार नगरी ममत्व गर्दछ । धनमा आशक्त भएर अमर व्यक्ति झैँ दिनरात त्यसका लागि ताप गरिरहन्छ ।
४) शत्रुसँग अशत्रु भएर जीवनयापान गर्नु परम सुख हो ।
५) प्रस्तर स्तम्भ झैँ जीवनमा कहिल्यै नझुक्ने अहङ्कारले आत्मालाई नर्कतिर तानेर लैजान्छ ।
६) ऋणलाई थोरै, घाउलाई सानो, अग्निलाई अलिकति त हो नि भन्ने ठानेर विश्वस्त भएर बस्नु हुँदैन । किनभने यी त थोरै पनि बढेर धेरै हुन सक्छन् ।
७) यस्तो पुस्तकको अध्ययन अवश्य गर्नु जुन पुस्तकले व्यक्तिको आत्मिक, शारीरिक, सामाजिक अथवा आर्थिक उन्नतिमा सहयोग पु¥याओस् ।
८) जसलाई तिमी हरण योग्य ठान्छौ त्यो तिमी नै हो । जसलाई तिमी आज्ञाको परिधिमा राख्न योग्य ठान्छौ त्यो तिमी नै हो ।
९) कामको भोग क्षणभरको सुख र चीरकालसम्म दुःख दिनेवाला छ, धेरै दुःख र थोरै सुखदायक छ, त्यो मुक्तिको विरोधी र अनर्थको खानी हो ।
१०) सबै द्रव्यको तीनैकालको अनन्त पर्यायलाई जसले एकै समयमा एकसाथ जान्दछ उसलाई अन्तज्र्ञानी भनिन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













