• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श

by
१९ असार २०८१,
0
पत्रकारितामा कक्षाकोठा र समाचार कक्षलाई जोड्ने विषयमा राससमा विमर्श
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ असारः ‘पढेर होइन परेर जानिन्छ’ भन्ने उखान नै छ । पत्रकारिता पढेर मात्र होइन अभ्यास गरेर सिकिने क्षेत्र हो । सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ भने नयाँ आयाम विकास हुँदै गएका छन् ।

सामाजिक सञ्जालको व्यापकताले नागरिक पत्रकारिताको अभ्यास पनि प्रारम्भ भएको छ । परम्परागत पत्रकारिताका यी चुनौतीका बीच विभिन्न विश्वविद्यालय र अध्ययन प्रतिष्ठानमा पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्ने विद्यार्थी र मूल प्रवाहका सञ्चारमाध्यमबीच कसरी अन्तरसम्बन्ध स्थापना गर्ने बहस पनि हुँदै आएका छन् ।

मुलुकको एकमात्र र आधिकारिक समाचार समितिका रूपमा २०१८ सालदेखि अविछिन्न समाचार सङ्कलन सम्प्रेषण गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आज यस्तै सवालमा राससका व्यवस्थापक, अग्रज राससकर्मी, पत्रकारिताका शिक्षक र विद्यार्थीबीच विमर्श भएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्याल, उपप्राध्यापकहरु डा देवराज अर्याल, शशी मरासिनीसहित स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र राससकर्मीलाई छलफलमा ल्याउने सेतुको माध्यम गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीले गरेको थियो ।

राससले कसरी नियमित रूपमा समाचार र समाचारमूलक अन्य सामग्री सङ्कलन–सम्प्रेषण गर्दै आएको छ, यसले पत्रकारिताका विद्यार्थीलाई कसरी प्रोत्साहन गर्न सक्छ भन्नेमा चासो व्यक्त गरेका थिए । जिज्ञासु प्रशिक्षार्थीका प्रश्नको जवाफ रासस व्यवस्थापनका तर्फबाट समाचारकक्ष र पत्रकारिताका कक्षालाई जोड्न सकिएमात्रै पत्रकारितामा व्यावसायिकता प्रदर्शित हुने स्पष्ट गरिएको थियो ।

छलफलमा समाचारका विषयवस्तुको उठान, राजनीतिक प्रभाव र हस्तक्षेप, विकास पत्रकारिता, नवीन प्रविधिको प्रयोग र सामाजिक सञ्जालका चुनौती एवं अवसरका विषयमा चिन्तनमनन भएको थियो । त्यस क्रममा राससका कार्यकारी अध्यक्ष झाले समाचार समितिका रूपमा राससले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिँदै नेपाली पत्रकारितामा शिक्षित जनशक्तिको आवश्यकता रहेको औँल्याउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससमा पत्रकार भएर काम गर्ने पर्याप्त अवसर भएको र जिम्मेवारी पाउनेहरूले त्यसको सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

राससका प्रमुख समाचारदाता एकराज पाठकले पछिल्लो समय शैलीगत रूपमा पनि पत्रकारिताका फरक आयामलाई समेट्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा अर्यालले तस्बिर प्रदर्शनीको अवलोकनपछि राससलाई प्रतिक्रिया दिँदै जनसहभागितामूलक विकास–निर्माणमा पत्रकारिताको भूमिका राससले तस्बिर प्रदर्शनीले उजागर गरेको बताउनुभयो । उहाँले विकासको वास्तविक अवस्थाबारे जनतालाई जानकारी दिन र त्यसमा जनसहभागिता बढाउन पत्रकारिताका सबै आयामको अभ्यास अनिवार्य भएकामा जोड दिनुभयो । विद्यालय निर्माणदेखि भूकम्पपछिको पुनःनिर्माणसम्मका विकासका गतिविधिको झलक फोटो प्रदर्शनीले दिएको उहाँको भनाइ थियो ।

“सबै तस्बिर हेर्दा गणतन्त्रपछि पूर्वाधार निर्माण, विकासको प्रयासहरू बोध गर्न सकिन्छ । फोटो प्रदर्शनी एउटा आयाम हो । फोटोसँगसँगै विकास निर्माणबारे पत्रकारले लेख्ने, बोल्ने र खिच्ने सबै आयामलाई जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “गणतन्त्रमा सहभागितामूलक विकास हुन्छ ।”

यसैगरी, विद्यार्थीहरूले प्रदर्शनीमा समेटिएका तस्बिरले आम जनतालाई समृद्धिको अवस्थाबारे जानकारी दिने प्रतिक्रिया दिनुभयो । पत्रकारिताका विद्यार्थी बाबुराम आर्चायले सकारात्मक सोचको विकास गर्न प्रदर्शनीले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

अर्का विद्यार्थी अनिश मिजारले विकास पत्रकारिताको महत्व प्रदर्शनीमा प्रतिविम्बित भएको बताउनुभयो ।

Previous Post

एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

Next Post

सफलता प्राप्तिमा सबैभन्दा ठूलो शत्रु नकारात्मक प्रवृत्ति

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
लुडविग वान बीथोवनको सफलता

सफलता प्राप्तिमा सबैभन्दा ठूलो शत्रु नकारात्मक प्रवृत्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In