• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान

by
१ असार २०८१,
0
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम — चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनको आकार रु चार खर्ब चार अर्ब २८ करोड र आर्थिक वृद्धिदर तीन दशमलव ४१ प्रतिशत रहने अनुमान छ ।

गत आवमा वृद्धिदर एक दशमलव ५२ प्रतिशत रहेको थियो । प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आव २०८०/८१ को गत फागुन महिनासम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आवमा राष्ट्रिय अर्थतन्त्रको आकार रु. ५७ खर्ब चार अर्ब ८४ करोड हुने र आर्थिक वृद्धिदर तीन दशमलव ५४ प्रतिशत हुने अनुमान गरिएको बताए ।

प्रदेश सरकारले प्रदेश सभाको बैठकमा असार १ गते आगामी आव २०८१/८२ को लागि राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्दै छ । बजेट प्रस्तुत गर्नअघि प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरू समावेश गरिएको आव २०८०/८१ को फागुनसम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

प्रस्तुत आर्थिक सर्वेक्षणमा चालु आवमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान सात दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ । चालु आवको फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फिति चार दशमलव ८२ प्रतिशत र औसत थोक मुद्रास्फिति तीन दशमलव ६९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा चालु आवमा कृषि क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव ४२ प्रतिशत र चार दशमलव शून्य नौ प्रतिशत धनात्मक रहने अनुमान गरिएको छ । आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहेकोमा चालु आव २०८०/८१ मा उक्त आय एक हजार एक सय ११ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

चालु आवको गत फागुनसम्म प्रदेश सरकारको कूल आय गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ५६ प्रतिशतले घटेर रु. १७ अर्ब ९९ करोड ४७ लाख पुगेको छ । गत फागुनसम्म सरकारको आन्तरिक राजस्व रु ७६ करोड ६४ लाख, बाँडफाँटबाट प्राप्त राजस्व रु चार अर्ब ८७ करोड ,सङ्घीय अनुदान प्राप्त रु. सात अर्ब ७८ करोड ९१ लाख र नगद मौज्दात रु चार अर्ब ४६ करोड दुई लाख गरी कूल आय रु. १७ अर्ब ९९ करोड ४७ लाख रहेको छ ।

फागुनसम्म प्रदेश सरकारको कूल खर्च रु सात अर्ब १४ करोड ७३ लाख रहेको छ । जसमध्ये चालु खर्च रु तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च रु तीन अर्ब ४४ करोड ४९ लाख रहेको छ । चालु वर्षको फागुनसम्मको सरकारको राजस्वमध्ये कर राजस्व रु ४४ करोड १३ लाख र गैरकर राजस्व रु. ३२ करोड ५१ लाख रहेको छ ।

आर्थिक सर्वेक्षणमा चालु वर्षको गत फागुनसम्म प्रदेशका स्थानीय तहको चालु र पुँजीगत गरी कूल रु २३ अर्ब ८८ करोड ३३ लाख खर्च भएको छ । यो अवधिमा स्थानीय तहलाई प्रदेश सरकारले रु. १९ करोड ४२ लाख राजस्व बाँडफाँटबापत वित्तीय हस्तान्तरण गरेको छ । चालु वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रु एक खर्ब ३७ अर्ब पुगेको र कर्जा प्रवाह रु एक खर्ब ५३ अर्ब रहेको छ ।

आर्थिक सर्वेक्षणमा चालु वर्षको फागुनसम्म प्रदेशको एक लाख ८० हजार हेक्टरमा धान बाली खेती भएकोमा छ लाख ७४ हजार मेट्रिकटन उत्पादन भएको अनुमान गरिएको छ । यस्तै मकै एक लाख तीन हजार मेट्रिक टन, कोदो १९ हजार मेट्रिक टन उत्पादन भएको अनुमान छ ।

प्रदेशमा दर्ता भएका एक हजार पाँच सय पाँच ओटा नयाँ उद्योगको कूलस्थिर पुँजी र ९९ करोड र चालु पूँजी रु ८६ करोड ६० लाख रहेको र यी उद्योगबाट चार हजार छ सय २१ रोजगारी सिर्जना हुने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि भएकोलगायतका विषय आर्थिक सर्वेक्षणमा समेटिएको छ ।

Previous Post

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

Next Post

विश्वकप क्रिकेटः न्यूजिल्याण्डको पहिलो जीत

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
आर्थिक

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

३ असार २०८३,
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
आर्थिक

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

३ असार २०८३,
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
आर्थिक

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

३ असार २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

३ असार २०८३,
Load More
Next Post
टी-२० विश्वकप : कुन देशले कति पटक जिते ?

विश्वकप क्रिकेटः न्यूजिल्याण्डको पहिलो जीत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In