• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?

by
२७ जेष्ठ २०८१,
0
कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सङ्खुवासभा। बिना कुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ। भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ।

आयोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुनेछ। जसबापत नेपालले २१.९ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ। विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ।

हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ। आयोजनाको ११.८ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत् उत्पादन हुने जानकारी दिए।

‘काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ,’ उनले भने। सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उहाँले प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्तिमा पनि सरकारबाट सोहीअनुरुप सहयोगको अपेक्षा गरेको उल्लेख गरे।

‘आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने। शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे।

‘उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिवसम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आजोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा म सरकारसमक्ष आग्रह गर्दछु,’उनले भने।

आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ। आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ। कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र १९७.३ मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९.७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६.५० प्रतिशत भइसकेको छ।

यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै १५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका-३ पुकुवामा रहने विद्युत् गृहमा चार वटा टर्वाइनमध्ये दुई वटा टर्वाइनको जडान सकिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि ५९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् ३०५ वटा टावर निर्माण भइसकेको छ। साथै २१७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६.८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा संयुक्त रूपमा गरेका थिए। विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो।

सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका थिए। उनले उक्त आयोजना सञ्चालनमा आएपछि मुलुकको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने ९ सय मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४५०० मेगावाट पुर्‍याइने बताएका थिए।

Previous Post

कर्णालीको झोलुङ्गे पुलमा फसेका १० खच्चडको उद्धार, २ को मृत्यु

Next Post

सुनसहित विमानस्थलबाट चार जना पक्राउ

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
सुनसहित विमानस्थलबाट चार जना पक्राउ

सुनसहित विमानस्थलबाट चार जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In