• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्ता छन् टी–२० विश्वकपका ६ नयाँ रोचक पक्षहरु

by
१६ जेष्ठ २०८१,
0
यस्ता छन् टी–२० विश्वकपका ६ नयाँ रोचक पक्षहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुँदैछ । जुन १ तारिखदेखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित २० देशले भाग लिँदै छन् । नेपाल समूह डीमा परेको छ । नेपालले समूह चरणमा रहेका नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने छ ।

टी–२० विश्वकपमा ६ नयाँ अपडेट के छन् त ?

१. दुई अलग क्रिकेट बोर्डको आयोजना

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ । त्यसैलै यस पटकको विश्वकपमा आयोजक २ वटा क्रिकेट संघ रहेका छन् । आयोजकको रुपमा वेस्टइन्डिज र अमेरिका क्रिकेट संघ रहेका छन् । टी २० विश्वकपमा यो नवौं संस्करण हो । यसअघि भएका आठौं संस्करणसम्म एउटा बोर्डले मात्रै विश्वकप आयोजना गरेको थियो ।

२. अमेरिकामा विश्वकप

अमेरिकाले आईसीसीको प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो । अमेरिकाले सन् २०२८ मा हुने ओलम्पिकको आयोजना पनि गर्दैछ । उक्त ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिएको छ । अमेरिका टी–२० विश्वकप आयोजना गर्ने दोस्रो एसोसिएट सदस्य राष्ट्र बन्नेछ ।

एसोसिएट भन्नाले आइसीसीले टेस्ट क्रिकेट खेल्ने हैसियत नदिएकोलाई बुझाउँछ । अमेरिका भन्दा पहिले २०२१ को टी–२० विश्वकप एसोसिएट देश युएईमा खेलाइएको थियो । यद्यपि उक्त प्रतियोगिता भारतले आयोजना गरेको थियो ।

यसअघि एसोसिएट सदस्यहरूले च्याम्पियन्स ट्रफी र एकदिवसीय विश्वकप आयोजना गरिसकेका छन् । सन् १९९८ मा च्याम्पियन्स ट्रफी एसोसिएट राष्ट्र बंगलादेशले आयोजना गरेको थियो भने सन् १९९९ मा एकदिवसीय विश्वकप स्कटल्याण्ड, आयरल्याण्ड, वेल्स र नेदरल्यान्ड्सले इंग्ल्याण्डसँगै आयोजना गरेका थिए ।

३. पहिलो पटक २० टिम

टी–२० विश्वकपमा पहिलो पटक २० टोलीको सहभागिता रहनेछ । यस पटक २० टोलीलाई ५÷५ गरी ४ विभिन्न समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष २–२ टोलीले सुपर–८ चरणका २ समूहमा खेल्नेछन् । यहाँ दुवै समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ भने विजेता टोलीबीच जुन २९ मा बार्बाडोसमा फाइनल खेल हुनेछ ।

२० मध्ये ८ टिम आइसीसीको वरियतामा शीर्ष ८ मा परेर सिधैं विश्वकपका लागि छनोट भएका हुुन् । यसैगरी अमेरिका र वेस्टइन्डिज आयोजक राष्ट्रको हैसियतमा विश्वकप खेल्दै छन् । २ टिम पनि वरियताकै आधारमा छनोट हुँदा बाँकी ८ टोलीले क्षेत्रीय छनोट जितेर प्रतियोगितामा स्थान बनाएका छन् । नेपालले पनि छनोट चरण पार गरेर टी २० विश्वकपमा स्थान बनाएको हो । यस्तै, अमेरिका, क्यानडा र युगान्डाले टी–२० विश्वकपमा डेब्यु गर्दैछन । यी तीन देशको पहिलो टी–२० विश्वकप हो ।

४.पहिलो पटक विदेशमा बनेको पिच

न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा ड्रप–इन पिच प्रयोग भइरहेको छ । ड्रप–इन पिचहरू मैदान बाहिर बनाइन्छ र त्यसपछि स्टेडियममा स्थापना गरिन्छ । नासाउ स्टेडियमको पिच अस्ट्रेलियामा बनाइएको थियो ।

यस वर्षको जनवरीमा अमेरिकाको फ्लोरिडामा १० वटा पिच समुन्द्री मार्गबाट लगिएको थियो । जहाँ ५ महिनाको तयारीपछि मेमा नै नासाउ रंगशालामा फिट गरिएको थियो । १० मध्ये ६ पिच अभ्यासका लागि छन् भने ८ खेल ४ वटा पिचमा हुनेछन् । पहिलो पटक विश्वकपमा अर्को देशमा बनेको पिच प्रयोग हुन लागेको हो ।

५. मोड्युलर स्टेडियम

न्यूयोर्कमा डिसेम्बर २०२३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला थिएन । यहाँ ६ महिनामा मोड्युलर रंगशाला निर्माण गरिएको हो । यसको पिच अष्ट्रेलियाबाट लगिएको थियो भने स्ट्यान्ड फर्मुला–१ प्रतियोगिताबाट ल्याइएको थियो । यो रंगशालामा ३४ हजार दर्शक बस्न सक्नेछन् । विश्वकपमा पहिलो पटक मोड्युलर स्टेडियम प्रयोग गरिने भएको छ । यहाँ भारत–पाकिस्तानबीचका खेलसहित समूह चरणका ८ खेल हुनेछन् । प्रतियोगिता पछि यसलाई पार्कमा परिणत गरिनेछ ।

६. स्टप क्लकको प्रयोग

आईसीसीले पहिलो पटक प्रतियोगितामा ‘स्टप क्लक’ नियम प्रयोग गर्दै छ । बलिङ टोलीले २ ओभरको बीचमा ६० सेकेण्ड मात्र पाउनेछ । ओभर सकिएपछि तेस्रो अम्पायरले मैदानमा जडान गरिएको टिभी स्क्रिनमा टाइमर सुरु गर्नेछन् । ६० सेकेन्डपछि अर्को ओभर सुरु भएमा फिल्ड अम्पायरले फिल्डिङ टिमका कप्तानलाई दुई पटक चेतावनी दिनेछन् ।

एक इनिङ्समा तीन पटक अर्को ओभर बल गर्न ६० सेकेन्डभन्दा बढी समय लागेमा ५ रनको पेनाल्टी लाग्नेछ । ५ रन ब्याटिङ टिमको स्कोरमा थपिनेछ । बलिङ टोलीलाई इनिङ्समा प्रत्येक तेस्रो गल्तीको लागि दण्डित गरिनेछ । समय व्यवस्थापन गर्न यस नियमको ट्रायल गत वर्षको डिसेम्बरमा सुरु गरिएको थियो । जसलाई अहिले स्थायी बनाइएको छ ।

Previous Post

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

Next Post

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

सम्बन्धित खबर

सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आवाज

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आवाज

सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

१५ चैत्र २०८२,
Load More
Next Post
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In