• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    हर्मुज खोल्न ८० देशको आह्वान

    हर्मुज खोल्न ८० देशको आह्वान

    अविरल वर्षाले उखु खेतीमा क्षति

    अविरल वर्षाले उखु खेतीमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

    हर्मुज खोल्न ८० देशको आह्वान

    हर्मुज खोल्न ८० देशको आह्वान

    अविरल वर्षाले उखु खेतीमा क्षति

    अविरल वर्षाले उखु खेतीमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

किन मर्दैछन् पाटेबाघ ?

by
१२ जेष्ठ २०८१,
0
किन मर्दैछन् पाटेबाघ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ ।जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ । यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो ।विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो । खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुने ढङ्गले आक्रमण नगरेपछि कसैले चासो दिएका थिएनन् । पछिल्लो समय बाघको गतिविधि शङ्कास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेको जनाएका छन् ।

प्रहरीसहित घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयका कर्मचारीले मृत बाघ फेला पारेको सब डिभिजन वन कार्यालय दुम्किबासका वन अधिकृत कुलचन्द्र दवाडीले बताउनुभयो । अर्को बाघको आक्रमणबाट घाइते भएर जङ्गल बाहिर निस्केको उक्त बाघलाई बेलैमा उद्धार गरेर उपचार गरेको भए बचाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै दवाडीले उद्धारमा ढिलाइ भएको बताए । यसअघि यस क्षेत्रमा बँदेललाई थाप्न राखेको पासोमा परेर एउटा भाले पाटेबाघ मरेपछि गाडेर राखेको अवस्थामा भेटिँदा पनि यस क्षेत्रमा बाघको संरक्षण र उद्धारमा ध्यान दिइएको छैन ।

पछिल्लो पटक बुधबार साँझ फेला परेको करिब १० वर्षको पोथी पाटेबाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जङ्गली जनावरको आक्रमणबाट घाइते भई बिरामी परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए । बुधबार मृत भेटिएको पाटेबाघलाई शव परीक्षणपछि बिहीबार डिभिजन वन कार्यालय कावासोतीको क्षेत्रभित्र खाडल खनी पुरिएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघका लागि पर्याप्त आहार भए पनि नयाँ बयस्क बाघ र बुढा भएका बाघ बस्ती नजिकका जङ्गलमा नयाँ बासस्थान खोजेर आउने गर्दछन् ।

नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ पाटेबाघ रहेको अनुमान गरिएको छ । नवलपुरमा अहिलेसम्म मृत भेटिएका तीन पाटेबाघमध्ये एउटालाई खाडल खनेर गाडिएको अवस्थामा फेला पारेकाले नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ । मृत भेटिएका तीनमध्ये अन्य दुईको मृत्यु शङ्कास्पद रहेको पशु चिकित्सक डा श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अघिल्ला दुई पाटेबाघ मरेको घटनामा अझै अनुसन्धान जारी रहेको बताए । बँदेल मार्न थापेको पासोमा परेर बाघ मरेको भन्ने खुले पनि कसले मारेको भन्ने अझै एकिन भएको छैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Previous Post

इरानी रक्षामन्त्री रेजासँगै नौं वटा संस्थामाथि इयूको प्रतिबन्ध

Next Post

मारिया मोन्टेसरीको सफलता

सम्बन्धित खबर

मनास्लुले तान्यो हिमाली कारोबार
फिचर-ब्यानर

मनास्लुले तान्यो हिमाली कारोबार

१० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आवाज

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

१० अशोज २०८३,
नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा
अन्तर्राष्ट्रिय

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

१० अशोज २०८३,
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
आवाज

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

१० अशोज २०८३,
हर्मुज खोल्न ८० देशको आह्वान
फिचर-ब्यानर

हर्मुज खोल्न ८० देशको आह्वान

१० अशोज २०८३,
अविरल वर्षाले उखु खेतीमा क्षति
समाचार

अविरल वर्षाले उखु खेतीमा क्षति

१० अशोज २०८३,
Load More
Next Post
मारिया मोन्टेसरीको सफलता

मारिया मोन्टेसरीको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In