• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

by
२ जेष्ठ २०८१,
0
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ। दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख दोस्रो सातादेखि सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए।

उनका अनुसार बारम्बार ताकेता गरी कारबाही प्रक्रिया समेत अघि बढाएपछि निर्माण व्यवसायीले काम थालेको हो । यतिबेला नाली बनाउने, ‘बेस’ हाल्ने र कालोपत्रका लागि क्रसरलाई कच्चा पदार्थ खोज्ने काम भइहेको पूर्वाधार कार्यालयका प्रमुख सिग्देलले जानकारी दिए। सरकारले एक पालिका एक सडक पुर्‍याउने अभियान अन्तर्गत यो सडक निर्माण सुरु गरिएको हो । यसअघि ठेकेदारले आर्थिकलगायतका कारण देखाएर काम अलपत्र पारेको थियो ।

यसवर्ष तीन किलोमिटर सडक कालोपत्र हुने पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन किलोमिटर ‘स्ट्रक्चर’को काम भइसकेको छ ।

त्यस्तै, ग्राभेल, ग्याबिन वाल, मेसिनवालको काम सम्पन्न हुन बाँकी रहेको कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सकिएको छ । पाँच किलोमिटर नाला निर्माण भएको छ ।

सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण देखाउँदै निर्माण ढिलाइ भएपछि पुनः विसं २०७९ पुस सम्म म्याद थप गरिएको थियो ।

थपिएको म्याद भित्र पनि निर्माण सम्पन्न नभएपछि विसं २०८० असार २९ सम्म सम्पन्न गर्न दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः मङ्सिर २८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप भएको हो । उक्त अवधिमा पनि नसकिएको काम अहिले सुरु गरिएको कार्यालय प्रमुख सिग्देलले जानकारी दिए।

सडक निर्माणको ठेक्का कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले लिएको थियो । विसं २०७७ असार ३ गते भएको सम्झौताअनुसार प्रदेश सरकारको रु २६ करोड २९ लाख ६ हजार दुई सय २५ लागतमा सात दशमलव एक सय २१ किलोमिटर कालोपत्रको ठेक्का लागेको हो ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरदेखि दोर्दी गाउँपालिका-४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको ‘अस्फाल्ट’ कालोपत्र हुनेछ ।

सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान र चार सेन्टिमिटरको कालोपत्र हुनेछ । विशेष गरी यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Previous Post

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

Next Post

भिजाले नेपाल, बंगलादेश र भुटानको लागि कन्ट्री म्यानेजरमा नियुक्त गर्‍यो सब्बीर अहमद

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
भिजाले नेपाल, बंगलादेश र भुटानको लागि कन्ट्री म्यानेजरमा नियुक्त गर्‍यो सब्बीर अहमद

भिजाले नेपाल, बंगलादेश र भुटानको लागि कन्ट्री म्यानेजरमा नियुक्त गर्‍यो सब्बीर अहमद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In