• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार

by
२७ बैशाख २०८१,
0
त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। ग्यास चुहावट भएर घरमा अगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ ।

नेपाल रेडक्रस उपशाखा झलारीले उपलब्ध गराएको त्रिपालमुनि एक सातादेखि ठगुन्ना परिवार बस्दै आएको छ । दिउँसो तातो हावासँगै चल्ने ‘लु’ र साँझका बेला आउने हावाहुरीले त्रिपालमुनि बस्न ठगुन्ना परिवारलाई सकस छ ।

“हावाहुरी आउने क्रमजारी छ”, जयभानकी श्रीमती ममता ठगुन्नाले भनिन्, “हावाहुरीसँगै पानी पर्ला जस्तो पनि छ, त्रिपाल हावाहुरीले उडाउला भन्ने चिन्ता छ, भएको सबै सम्पत्ति आगलागीमै गुम्यो, बालबालिकालाई जोगाउनकै लागि रात अनिदोमै काटिने गरेको छ ।”

जीउमा लगाएको एकसरो लुगाबाहेक सबै सम्पत्ति आँखै अगाडि जलेपछि बिचल्लीमा परेको उनले दुखेसो पोखिन् । “बालबालिका घरभित्र बसेर दिउँसो पख टेलिभिजन हेर्दै थिए”, उनले भनिन्, “म घरभन्दा केही टाढाको सिलाइ पसलमा थिए, त्यही क्रममा घरमा आगलागी भएको खबर सुनेर हतपत पुगे, पुग्दा पूरै घरगोठ सबै आँखै अगाडि जलेर खरानी बन्यो ।”

भान्सामा ग्यास चहावट भएर आगलागी हुन थालेपछि बालबालिका गुहार माग्दै छिमेकीकामा पुगेकाले ज्यान जोगिएको उनको भनाइ छ । ठगुन्ना परिवारको घरमा अचानक आगलागी भएको खबर पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने अथक प्रयास गरे पनि आगलागी नियन्त्रणमा आउन नसकेको पीडित परिवारको भनाइ छ ।

“दमकल छिटो पुगेको भए केही सम्पत्ति बचाउन सकिने थियो, निकै ढिलो पुग्दा केही पनि जोगाउन सकिएन”, वडाध्यक्ष प्रतापसिंह धामीले भने, “नगरपालिकाको दकमल बिग्रिएको धेरै भए पनि मर्मत हुन नसक्दा छिमेकी बेदकोट नगरपालिकाबाट दमकल आइपुग्न निकै समय लाग्दा ठगुन्ना परिवारको घर जोगाउन सकिएन ।”

वडाका तर्फबाट आगलागीपीडित परिवारका लागि सक्दो सहयोग जुटाउन लागेको उनले उल्लेख गरे । ठगुन्ना परिवारलाई पुनःस्थापन गराउनका लागि दातृ निकायसँग सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

ठगुन्ना परिवारको साँझ बिहानको दुई छाक खानाका लागि अन्नको जोहो छिमेकीले गरिदिएका छन् । बालबालिकाको विद्यालयको पोशाक, कापी किताब विद्यालयले निःशुल्करुपमा उपलब्ध गराएको छ । आगलागीबाट पीडामा रहेको ठगुन्ना परिवारको घर निर्माणका लागि स्थानीय बासिन्दाले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् ।

अभियान सञ्चालन गरे पनि अहिलेसम्म घर निर्माण गर्ने रकम सङ्कलन हुन सकेको छैन । नगर प्रमुख, उपप्रमुख लगायतको टोलीले आगलागी भएका परिवारसँग भेट गरी राहतका लागि आश्वासन दिए पनि हालसम्म कुनै सहयोग पुग्न नसकेको पीडित परिवारको भनाइ रहेको छ । घर पुरै जलेर नष्ट हुँदासमेत ठगुन्ना परिवार उपभोक्ता रहेको वातावरण सामुदायिक वनले घर निर्माणका लागि काठ उपलब्ध गराउने कार्य नगरेकोप्रति स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।

जयदेवको घरमा रहेको सबै सम्पत्ति जले पनि ऋण काढेर खरिद गरेको अटोमात्रै बचेको छ । उनका अनुसार अटोको किस्ता बुझाउनका लागि निर्धन उत्थान लघुवित्त संस्थाबाट निकालेको बाकसमा राखिएको १६ हजार रकम पूरै जलेर खरानी भएको छ ।

यही वैशाख २१ गते दिउँसो भान्सा घरमा ग्यास चुहावट भई आगलागी हुँदा ठगुन्ना परिवारको भान्सासहित घरगोठ सबै जलेर नष्ट भएको थियो । घरभित्र रहेको अन्न, लुगाफाटो, महत्वपूर्ण कागजपत्र, गहना, फ्रिज, टेलिभिजन, पङ्खा, नगद रकम जलेर नष्ट हुनुका साथै गोठमा बाँधिएका तीन बाख्रा, एक ब्याउने भैँसी जलेर मरेका थिए ।

नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलबहादुर ऐर आगलगाीबाट पीडित भएका परिवारलाई सबैको सहयोगको खाँचो रहेको बताउँछन्। “आगलागीबाट आपत्मा परेको परिवारलाई पुनःस्थापन गराउनका लागि सहयोग गरौँ”, उनले निन्, “नजिकको सरकार भनेकै नगरपालिका हो, जिम्मेवार बनेर विपत्मा परेका परिवारलाई सहयोग गर्नुपर्छ ।”

Previous Post

सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृ्द्धिको पहिलो आधार

Next Post

तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In