• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

by
२७ बैशाख २०८१,
0
राजविराजका सिनियर डिभिजनल इन्जिनियर र ठेकेदारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका मेयर सुरेश साह साेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

जलेश्वर नगरपालिका-१ स्थित हाटबजार क्षेत्रमा भइरहेकाे ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार मेयर र उपमेयरसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आ.व. २०७९/०८० मा सञ्चालित जलेश्वर-१ को बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा मेयर साह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झाले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेकाे अख्तियार उल्लेख गरेकाे छ।

उनीहरूले झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६३७ रूपैयाँ भुक्तानी गरेको देखिएकोले अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

अख्तियारका अनुसार उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुर भएकोले उनीहरुलाई ५ लाख ८४ हजार ६३७ रूपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।

यस्ताे छ अख्तियारकाे आरोपपत्र

जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका, वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जलेश्वर नगरपालिकाबाट आ.ब. २०७९/०८० मा संचालित जलेश्वर नगरपालिका वडा नं. १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झाले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा रु.5,84,637/- बढी रकम भुक्तानी गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुर भएकोले निजहरुलाई रु.5,84,637/- बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।

जलेश्वर नगरपालिकाका बरिष्ठ इन्जिनियर पवन कुमार  झा, इन्जिनियर राकेश कुमार चौधरी र सव-इन्जिनियर दिपेश कुमार साहले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको भुक्तानी विल तयार एवं भुक्तानी गर्न सिफारिस गरी रु.5,84,637/- बढी रकम भुक्तानी गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिमको कसुर भएकोले निजहरुलाई रु.5,84,637/- बिगो कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन साथै निजहरुले भए गरेका कुरा लुकाई/छिपाई नभए नगरेका कुरा देखाई गलत नापी किताब तयार गरेको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

जलेश्वर नगरपालिकाका नगर उप-प्रमुख रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झाले योजना अनुगमन प्रतिवेदनमार्फत् बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान योजनाको कार्य सन्तोष जनक भएको उल्लेख गरी भए गरेका कुरा लुकाई/छिपाई नभए नगरेका कुरा देखाई गलत प्रतिवेदन दिई उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको कारणबाट रु.5,84,637/- बढी रकम भुक्तानी भएको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष संतोषी देवीले  पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्याङ्‍कन गरी/गराई झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता भुक्तानी विल तयार गरी/गराई सोही आधारमा रु.5,84,637/- बढी भुक्तानी लिएको देखिएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई रु.5,84,637/- बिगो कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

Previous Post

यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन

Next Post

बालमन्दिर जग्गा प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
बालमन्दिर जग्गा प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिर जग्गा प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In