• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डढेलोले वातावरण प्रदूषित, बिरामीको संख्या बढ्यो

by
२४ बैशाख २०८१,
0
डढेलोले वातावरण प्रदूषित, बिरामीको संख्या बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ (बलेवा) । वैशाख लागेदेखि बागलुङका जङ्गलमा दैनिक जसो आगलागी भएको छ । प्रहरीको तथ्याङ्कमा वैशाखमा मात्रै २७ वटा जङ्गलमा आगलागी भएको छ । आगोले सबै जङ्गल सखाप मात्र भएको छैन १० स्थानका घरगोठमा क्षति पुगेको छ । त्यसबाट दर्जनौँ पशुचौपाया र दुई जना मानिसको ज्यान समेत गएको छ । ती घटनापछि फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन । अहिले पनि जतासुकै जङ्गलमा धुवाँ उडेको देखिन्छ । जङ्गली जनावर र पशुपंक्षी कति मरे यकिन छैन ।

दैनिक आगो लाग्दा आकाशमा उडेको धुवाँले दिउँसै अध्यारो जस्तो देखिन्छ । घरका छतमा धुलोको थुप्रो लाग्छ । जसका कारण सफाइ नगरे घरभरी धुलोले सताउने गरेको अधिकांशको गुनासो छ । धुवाँका कारण आँखा पोल्ने समस्या पनि छ । ज्वरो तथा रुघाखोकीका बिरामी समेत बढेको अस्पतालको तथ्याङ्क छ ।

बागलुङ नगरपालिका ३ का जयन्द्र उपाध्यायले आगलागीले घरमा खरानी उडेर आई बसी नसक्नु भएको गुनासो गरे । दैनिक आउने धुवाँले स्वास्थ्यमा समेत असर परेको भन्दै आगो लगाउनेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने उनले बताए । ‘जता हेरेपनि आगो लागेकै देखिन्छ, तर कसले लगायो खोजी भएको छैन’ उपाध्यायले भने ‘दिउँसो गर्मी पनि बढिरहेको छ ।’ घाम लागेको नदेखिने तर गर्मी बढ्ने भएको उनले बताए ।

अस्पतालमा उपचारमा आउनेमा पनि श्वासप्रश्वासको समस्या भएका धेरै देखिएको र त्यसको कारण धुवाँधुलो भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आँखा पोल्ने समस्या भएको गुनासो गरे । नगरपालिकाको फोहर फाल्ने स्थानमा लागेको आगोले बजारवासीलाई सताएको रिजालको भनाई छ । तत्काल निभाउने काममा नगरपालिकाले समेत उदासीनता देखाएको उनको टिप्पणी छ । नगरपालिकाले एक दुईपटक आगो निभाउने प्रयास गरेपनि निभेको छैन ।

केही स्थानमा आगो निभाउने प्रयास भएपनि अधिकांश स्थानमा अनियन्त्रित छ । जसका कारण वातावरण प्रदुषण भएको हो । अधिकांश जङ्गलमा आगो लाग्नुमा प्राकृतिक कारण भने नभएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । नियोजित रुपमा आगो लगाउँदै हिँड्ने केही मानिस पक्राउ समेत परेको उनले बताए । प्रहरीको तथ्याङ्क अनुसार वैशाखमा मात्रै बागलुङका २७ वटा सामुदायिक वनमा आगलागी भएको छ । ती घटनामा दुई जनाको मृत्यु र दुई घाइते भएका छन् । १० घर र १० गोठ जलेका छन् । ४३ घरपालुवा जनावरको मृत्यु भएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसहित स्थानीय खटिएका छन् । स्थानीय तहले राहत तथा खाद्यान्नका लागि सहयोग गरेका छन् । डिभिजन वन कार्यालयले सबै सुरक्षा निकायलाई आगो निभाउने उपकरण सहयोग गरेको छ । तर वातावरण संरक्षणतर्फ भने कुनै काम नभएको पाइएको हो । ‘घटनापछि आगो निभाउने काममा साथ र सहयोग भएको छ, तर पूर्वतयारी केही पनि देखिएन’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने ‘घटना भएपछि राहत र उद्धारमा भने हामी पनि खटिएका छौँ ।’ वातावरणमा परेको समस्याबारे सबै सचेत बन्न सकेमा आगलागीका घटना न्युनीकरण गर्न सकिने उनले बताए ।

Previous Post

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

Next Post

सात हजार पशुपन्छीको उपचार

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
Load More
Next Post
सात हजार पशुपन्छीको उपचार

सात हजार पशुपन्छीको उपचार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In