गर्मी बढेसँगै हावाहुरी र धुलोमैलोका कारण छाला फोहोर हुन सक्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनुपर्छ । संवेदनशील छालामा मौसम र प्रशाधन सामग्रीको प्रभाव छिट्टै पर्दछ । धेरै चिसो वा गर्मीमा छाला छिट्टै रातो हुन जान्छ । यस प्रकारको छालाका लागि क्लिजिङ, मोस्चराइजर आदि प्रशाधनहरुको सावधानीपूर्वक छनौट गर्नुपर्दछ । प्रसाधनहरुमा कुनै प्रकारको सुगन्धको प्रयोग भएको हुनु हुँदैन ।
– संवेदनशील छालालाई दिनमा दुई वा तीन पटक तैलीय छाला भएको क्लिन्जिङले सफा गर्नुपर्दछ । सङ्क्रमणको खतरा बढी हुने भएकोले राम्ररी हात धुनुपर्छ । त्यसैगरी क्लिजर लगाउनुभन्दा पहिले मुख धुन सकिन्छ । अनुहार पुछ्नका लागि सधैँ टिस्यु पेपरको प्रयोग गर्नु राम्रो हुन्छ ।
– यदि दागको समस्या छैन भने फ्रेसनरको प्रयोग गर्न सकिन्छ । मिनरल वाटर वा गुलाव जलको प्रयोग गर्नु लाभदायी हुन्छ ।
– अनुहारको सुख्खा भागमा मात्र मोस्चराइजरको प्रयोग गर्नुपर्दछ ।
साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट