– बालकृष्ण गजुरेल
घोषित विद्वानले भने— गाउँमा नकरात्मक ऊर्जा बढ्यो । अतः वायू पुजा गर्नुप¥यो ।
अलि अतिवादी अनपढहरुले भने— गाउँमा भूत आएको छ । गाउँमा अनिकाल लाग्न थाल्यो ।
त्यही भीडमा एक वेदान्त विज्ञ घुसे । उनले फड्कारे— विज्ञान यन्त्रमा प्रवेश ग¥यो । हामी पहिल्यै मन्त्र, तन्त्र तथा यन्त्रमा थियौँ ।
गाउँमा धामीहरु बोलाइयो । धामीहरुले वायू उतार्न थाले । गाउँलेलाई कम्पन भयो । केही जोडजोडले काम्न थाले । केही समस्या हल भयो । जापानिज पर्यटक घुम्दै त्यस गाउँमा पुगे । उनीहरु रेकी ऊर्जा सम्बन्धी विज्ञ थिए । फ्रान्सका केही पर्यटक थपिए । तिनीहरु लेखक थिए । लेखकलाई रुढीवादी लाग्यो । ऊर्जा विज्ञहरुले हिलिङ्ग भने । ऊर्जालाई जगाउने एउटा माध्यम सोचे । अन्तिम दिन खलि खुवाउन आगो बालियो । कोइला नै कोइला भएको आगोमा धामीहरु नाच्न थाले । उपस्थित सबैलाई अचम्म लाग्यो । नाच्दा कसैको खुट्टा जलेन । एक्कासी सानो टुक्रा उछिट्टियो । केहिबेर धुवाउँदै थियो । जिम्मलको कटेरो जल्यो । सबै गाउँले आगो निभाउन तल्लिन भए ।
त्यत्रो खलियोले केही भएन । नाथे ! एउटा सानो आगोले कसरी पूरै गाउँलाई जोखिम बनायो ? भूत तथा प्रेत भन्दा पनि डरमर्दो रहेछ । जिम्मलले प्रश्न गरे ।
वेदान्त विद्वान त्यहीँ थिए । उनले उदाहरण पस्के— काण्डै काण्ड गरी देशमा त्रास मच्चाइरहेका भूत तथा प्रेतहरुले फेस सेभिङ्गको लागि जति समाजवाद जपे पनि वायू उतार्न एउटै झिल्को काफी छ । जनता जगाउने त्यो झिल्को बालेन जस्तै जो कोही हुन सक्दैनन् र !
साभारः लघुकथा कुनोबाट













