• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिके राउतको म्याराथनः एक सातामै भेटे सबै शीर्ष नेता

by
२० मंसिर २०७९,
0
सिके राउतको म्याराथनः एक सातामै भेटे सबै शीर्ष नेता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राउतले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

निर्वाचित भएसँगै अध्यक्ष राउतको राजनीतिक व्यस्तता ह्वात्तै बढेको छ । उनलाई प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेट्न भ्याइ नभ्याई देखिन्छ । कुनै बेला मधेशलाई छुट्टै देशको रूपमा स्थापित गर्नुपर्ने पक्षमा रहेका डा. राउत यतिबेला विखण्डनकारी मुद्दा छाडेर शान्तिपूर्ण राजनीतिमा सक्रिय छन् ।

सप्तरी २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरसहित पराजित गरेसँगै राउतको राष्ट्रिय मिडियादेखि र राजनीतिक दलसम्म माग बढेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जिते पनि मधेशमा राउतको उदयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मधेशको नाममा लामो समयदेखि सत्ता राजनीतिका खेलाडी मानिएका जसपा अध्यक्ष यादवलाई पछि पार्दै उदाएका राउत राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित हुन खोज्दैछन् । उनले राजधानी काठमाडौं आएलगत्तै राजनीतिक भेटघाट बाक्लो बनाएका छन् ।

राउतको भेटघाट डेटलाइन

राउतले सबैभन्दा पहिलो भेट कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसँग गरे । गत बुधबार (१४ मंसिर) दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ ।

निधि निवास नयाँबानेश्वरमा भएको भेटघाटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा कुराकानी भएको उल्लेख छ । उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत भेटेका छन् ।

त्यसपछि राउतले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । गत बिहीबार (१५ मंसिर) प्रधानमन्त्री देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँग भएको भेटमा राउत सत्तारुढ गठबन्धनमा सामेल हुनेप्रति सकारात्मक थिए । नयाँ सरकार गठनमा सिके राउतको अपरिहार्यता महसुस गरेर प्रधानमन्त्री देउवाले उनलाई भेटेको देखिन्छ ।

बिहीबार साँझ नै गृहमन्त्री बालकृष्ण खाणको सरकारी निवास पुल्चोकमा राउत र खाणबीच भेटवार्ता भएको थियो । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

यस्तै, बिहीबारै (१५ मंसिर) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. राउतबीच भेटवार्ता भएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तातमा भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान तथा आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र अध्यक्ष राउतबीच आइतबार भेटवार्ता भएको छ । बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ ।

आइतबार (१८ मंसिर) कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र अध्यक्ष राउतबीच खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको थियो । खड्काले राउतलाई उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ। यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।

अध्यक्ष राउतले सांसद प्रभु साहसँग पनि भेटघाट गरेका छन् । अध्यक्ष सिके राउत र नेता साहबीच आइतबार भेटवार्ता भएको हो । साहले आफूहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साह एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।

यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि अध्यक्ष राउतले भेटेका छन् । नेपाल निवास कोटेश्वरमा सोमबार (१९ मंसिर) उनीहरूबीच भेटवार्ता भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष नेपाल र जनमत पार्टीका अध्यक्ष डा। राउतबीच भेटवार्ता भएको हो । कोटेश्वरमा प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको क्रममा जनमत पार्टीका अध्यक्ष राउत पनि पुगेका थिए । उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बुझिएको छ ।

अध्यक्ष राउत र लोसपा वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको छ । उनीहरुबीच सोमबार (१९ मंसिर) भेटवार्ता भएको हो । अध्यक्ष राउत र वरिष्ठ नेता महतोबीचको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

सोमबार नै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. राउत (सिके) बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा। भट्टराईले जानकारी दिए ।

राउत अहिले गठबन्धन दलका निम्ति दरिलो साथी हुन खोज्दै छन् । कुनै पनि दलको बहुमत पुग्ने स्थिति नभएकाले सरकारको धार्नी पुर्‍याउन थ्रेस होल्ड पार गरेका दलहरूलाई सरकारमा अटाउन खोजिँदै छ । जसको पहिलो विकल्प अध्यक्ष राउत नै रहेकोमा सत्ता गठबन्धनको पछिल्लो दौडधुपले पनि पुष्टि गरेको छ ।

Previous Post

चिनियाँ जहाज बेच्न नेपाल एयरलाइन्सको टेण्डर आह्वान

Next Post

नेपाल प्रहरीको सई भन्दै ठगी गरेको आरोपमा एक जना प्रक्राउ

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
आठ तोला सुनका गरगहना चोरी गरेको आरोपमा गर्ने दुई पक्राउ

नेपाल प्रहरीको सई भन्दै ठगी गरेको आरोपमा एक जना प्रक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In