• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

by
१० बैशाख २०८१,
0
पर्यटकको रोजाइमा हात्तीदह सिमसार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’को विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिले वार्षिकोत्सवको अवसर पारी एक समारोहका बीच अध्यक्ष रुद्रनारायण चौधरीले पछिल्लो एक वर्ष अवधिको पर्यटक आगमनको अभिलेख सार्वजनिक गरेका छन्। सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको अध्यक्ष चौधरीले बताए ।

‘सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन रहन गयो । यसले हामीलाई थप उत्साहित बनाएको छ’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकको रोजाइमा यस क्षेत्र पर्नुमा विभिन्न सहयोगी हातको भूमिका महत्त्वपूर्ण रहेको छ । आगामी दिनमा यस पर्यटकीय क्षेत्रलाई अझै व्यवस्थित बनाइँदै लगिने छ ।’

डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनको लागि सहयोग, लहान नगरपालिकाले सडक बाटो निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, १५ नं वडाले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोज स्थल निर्माण र पर्यापर्यटन प्रवर्द्धनको लागि सहयोग प्राप्त भएपछि इको टुरिजम क्षेत्रको विकास गर्न सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’ सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरण यहाँको आकर्षण हुन् । त्यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन र प्राणी उद्यान केन्द्र सञ्चालन । करिब ५६ हेक्टरमा फैलिएको लहान १५ ढोड्नास्थित ‘कोइरालो सामुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो ।

आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्नको लागि साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे प्रवर्द्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्नेजस्ता योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । यस पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट प्रत्यक्षरुपमा आठ जना र अप्रत्यक्षता ३० जना संरक्षणकर्मीले रोजगार पाएका पनि अध्यक्ष चौधरीले बताए ।

नजिकै प्रसिद्ध राजदेवी मन्दिर भएकाले धार्मिक एवं वातावरणीय पर्यटनको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । यस सिमसार पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै नगरप्रमुख चौधरीले आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट भौतिक विकास र स्थानीय युवाको रोजगारी सिर्जनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Previous Post

प्रचण्डसमक्ष माधवले भने – हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं

Next Post

आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस

सम्बन्धित खबर

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’
आवाज

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

२१ चैत्र २०८२,
नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार
आर्थिक

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

२१ चैत्र २०८२,
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
आर्थिक

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

२१ चैत्र २०८२,
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
आवाज

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

२१ चैत्र २०८२,
पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’
आवाज

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

२१ चैत्र २०८२,
विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम
आर्थिक

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

२१ चैत्र २०८२,
Load More
Next Post
आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस

आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In