• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

by
७ बैशाख २०८१,
0
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास अति सुन्दर देखिन्छ । प्रतिष्ठानको मुख्य हलको भित्तोमा झुण्ड्याइएको उक्त क्यान्भासमा पोतिएको रङ जति सुन्दर छ, त्यसले दिएको सन्देश त्यति नै मार्मिक र मर्मस्पर्शी छ । मानिसको मुटुमा सगरमाथा र पृथ्वीलाई जोडेर यी तीनको अन्योन्याश्रित सम्बन्धलाई उहाँका सिर्जनाले खुलस्त पारिदिएको छ ।

“जब स्वच्छ मुटुका धमनीहरूबाट स्वच्छ रगत बग्छ, तबमात्रै मानव जीवनको अस्तित्व रहन्छ । त्यही मुटु स्वच्छ बनाउन स्वच्छ प्रकृति नभई हुन्न । स्वच्छ वातावरण हुनैपर्छ । वातावरण सफा भएन भने मुटु बिग्रिँदै जान्छ र मानव जीवन समाप्त हुन्छ”, महतोले भने । उनले त्यो मुटु जोगाउने हो भने पहिले पृथ्वीलाई हरियाली पार्नुस् भनेर कलामार्फत विश्व समुदायलार्ई आह्वान गरेका छन् ।

कलाकार महतोले भने, “अब पृथ्वीलाई मुटुजस्तै स्वच्छ चाहने हो भने स्वच्छ हिमाल चाहिन्छ किनकि पानीको स्रोत भनेको हिमाल नै हो । यसमा मैले देखाउन खोजेको स्वच्छ जीवन र स्वच्छ पृथ्वीका लागि हिमाल महत्त्वपूर्ण छ, तर हिमालबाट हिउँ पग्लिँदै गएकाले खतरा बढ्यो, हामी सचेत होऔँ भन्ने हो ।”

अर्की कलाकार सुष्मा श्रेष्ठले हिमाली क्षेत्रको रहस्य खोतलेका छन् । हिमाल माथि देखिन्छ तर त्यससँग नदी बगिरहेको हुन्छ । विभिन्न प्राकृतिक छटासँगै हिमाल नदी भएर बगिरहन्छ । चुचुरोबाट देखिने प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण आफैँमा रहस्यमय छ । हिमाली क्षेत्रमा पाइने गुम्बालाई समेत उतारेर उनले प्राकृतिक सुन्दरतालाई थप प्रस्ट्याएका छन् ।

हिमालको सुन्दरता हरायो अथवा हिउँ पग्लिएर गयो भने त्यसले मानव अस्तित्व नै खतरामा जाने सङ्केत गरेको श्रेष्ठले बताए । उनले भने, “हिमाल देख्दा एउटा हिमाल मात्र हो, तर त्यहाँभित्रका रहस्यहरू अथाह छन्, त्यो सौन्दर्य, संस्कृति, रहनसहन र अमूल्य प्राकृतिक सम्पत्ति हो । यसलाई हामीले समयमा नै बचाउन सक्यौँ भने मानव अस्तित्व पनि बचाउन सकिन्छ ।”

उनकी छोरी हुन् श्रेया हाडा श्रेष्ठ । हाडा हरेक कला सिर्जनामा आमासँगसँगै दौडिन्छन् । कहिलेकाहीँ आमासँगै प्रतिस्पर्धा पनि गर्छिन । अहिले हिमालयको रहस्यमा पनि आमाछोरीकै सिर्जना प्रदर्शनीमा छनोट भएका छन् । श्रेष्ठले दृष्टिकोण शीर्षकमा हिमालको रहस्य कोरेकी छन् ।

रातो र निलो रङ दिएर उनले क्यान्भसामा हिमाली सिर्जना पस्किकियेकी छन् । रातो रङले हिमाल आरोहणको चुनौतीलाई उतार्नुभएको छ भने निलो रङमार्फत त्यसको सुन्दरतालाई झल्काएकी छन् । कतिपय मानिसहरू हिमाल चढ्न आतुर हुन्छन् । जोखिम मोलेरै जान्छन् तर सक्दैनन् र आफैँलाई समाप्त पार्छन् । कतिपय मानिस त्यही जोखिम मोलेर टुप्पोमा पुगेपछि स्वर्गीय आनन्द मिलेको अनुभूति लिएर फर्कन्छन् । एकै ठाउँमा पनि यस्ता कयौँ फरक रहस्यहरू छन्, जुन हिमाली क्षेत्रमा पाइन्छ । त्यही कुरालाई विषय बनाएर उहाँले कला सिर्जना गरेको बताइन् ।

श्रेष्ठले भनिन्, “दृष्टिकोष शीर्षकमा एउटै हिमाल हेर्न पनि फरक–फरक नजरले फरक पार्दछ । त्यहाँका समुदायको दृष्टिकोण, आरोहीको दृष्टिकोण र दृश्यपान गर्नेहरूको दृष्टिकोण अलगअलग हुन्छन् र रहस्यमय पनि छन् ।”

उनीहरुसँगै ६९ जना कलाकारले हिमालका रहस्यलाई विभिन्न कोणबाट क्यान्भासमा भरेका सिर्जना अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा देखाइएको छ ।

आफैँमा रोचक र सुन्दरताको खानी हिमाल र हिमाली क्षेत्रका रहनसहनलाई पनि कलाकारले सुन्दर ढङ्गले पस्किएका छन् । कतिपय कलाकारले विश्वमा बढ्दो जलवायु परिवर्तनको असर र त्यसले हिमालय क्षेत्रमा पारेको प्रभावलाई दुरुस्त पारेका छन् भने कतिपयले हिमाली सुन्दरतालाई ‘दृश्य भाषा’मा देखाइदिएका छन् ।

यो पटकको कला प्रदर्शनीमा हिमाल जोगाउनका लागि विश्वलाई दृश्य भाषामार्फत आह्वान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । “जलवायु परिवर्तनका असरहरू प्रत्यक्ष हिमालमा परिरहेका छन् । यो हाम्रो कारणले भन्दा पनि विकसित मुलुकले गरिरहेको छ, त्यसैलाई कलामार्फत देखाइदिएका छौँ, यसले पक्कै पनि नयाँ सन्देश दिएको हामीले महसुस गरेका छौँ”, उनले भने ।

अघिल्लो वर्ष सगरमाथा बेसक्याम्प र अन्नपूर्ण बेसक्याम्पमा पुगेर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले हिमाल जोगाउन विश्व समुदायलाई गरेको अपिल र गत वर्ष भएको कोप–२८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व समुदायलाई गराउनुभएको ध्यानाकर्षणलाई मुखरित गर्ने कला सिर्जनाले विश्वलाई झक्झक्याउन सफल भएको विश्वास लिइएको कुलपति हार्तम्छालीले बताए ।

कलाकारले दृश्य भाषामार्फत औद्योगिक राष्ट्रहरूलाई चेतावनीसमेत दिएका छन् । हिमाल सकिए हिमाल मात्रै सकिँदैन स्वयं आफैँ पनि समाप्त हुने हो भन्दै कलाकारका सिर्जनाले आजैदेखि कार्वन उत्सर्जनका गतिविधि रोक्न अनुरोध गरिरहेको भेटिन्छ । औद्योगिक राष्ट्रका कारण विश्वको तापक्रम बढाइरहेको छ । ती राष्ट्रहरूलाई घच्घच्याउनका लागि यो प्रयास गरिएको प्रतिष्ठानको भनाइ छ ।

“हिमाललाई असर गर्नु भनेको समुद्रसम्मलाई असर गर्नु हो । शिरदेखि पैताला अथवा हिमालदेखि समुद्रसम्मका सभ्यता, संस्कृति मावनजीवन, पर्यावरण सबैमा प्रभाव पार्ने भएकाले विश्व समुदाय नै सचेत हुनुपर्छ भनेर कलाकारले दृश्य भाषाबाट दिएको आवाज हो हिमालयको रहस्य”, प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले भने । हिमालयको रहस्यमा प्रकृतिबाट आउने सौन्दर्यका साथै त्यहाँको जनजीवन संस्कृति, याक र चौँरीसँग जोडिएको दैनिकी पनि कलाकारले प्रस्तुत गरेका छन् । त्यसका साथै कलाकारले आरोहण र मानवीय चापका कारण फोहर हुँदा सुन्दर हिमाल कुरुप हुँदै गएकातर्फ पनि ध्यानाकर्षण गराएका उनको भनाइ छ ।

“जलवायु परिवर्तनका कारण अग्ला हिमालका हिउँ पग्लिएर डाँडाहरू नाङ्गा भएका छन् । पहिलेका स्वच्छ हिमाल अहिले तापक्रमले खुइल्याएर कालापत्थर बनेका छन् । हरेक चित्रले बोलिरहेको छ, यो प्रकृतिको सुन्दरलाई भावी पुस्तासम्म जस्ताको तस्तै हस्तान्तरण गर्न पनि बचाइराख्नुपर्छ, विश्वलाई प्राण धान्न हिमाल र त्यसको सौन्दयलाई जोगाईराखौँ, तबमात्रै मानव जीवन जोगिन्छ भन्ने सन्देश हरेक दृश्यले दिइरहेका छन्”, सदस्यसचिव थुम्केलीले भने ।

एक सातादेखि जारी ‘हिमालयको रहस्य’ प्रदर्शनीको संयोजन कलाकार केशवराज खनालले गर्नुभएको हो भने प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदीप शाक्यले गर्नुभएको हो । प्रतिष्ठानले केही महिनाअघि नै उक्त विषयमा कला सिर्जना गर्न सार्वजनिक आह्वान गरेको थियो । सोही आधारमा कलाकारले बनाएका सिर्जनाहरू यहाँ प्रदर्शन गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

Previous Post

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

Next Post

त्रिभुवन विमानस्थलबाट आज पनि ८५० ग्राम सुन प्रहरीको नियन्त्रणमा

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
त्रिभुवन विमानस्थलबाट आज पनि ८५० ग्राम सुन प्रहरीको नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट आज पनि ८५० ग्राम सुन प्रहरीको नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In