नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ता हरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अलइनवान) सञ्चालनमा ल्याएको छ ।
यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वातथा टि. एम. एस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खातातथा टि. एम. एस खाता निशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वादर्ता गर्न पनिशुल्कलाग्ने छैन । टि. एम. एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ ।
यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने
विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीयवित्तीय सेवाप्रदानगर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखाकार्यालयहरु र करिब ७लाखग्राहकहरु रहेकाछन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमाल्याउन प्रस्ताव समेत पारित भएको छ ।













