• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘डिप्रेसन’बाट उदाएकी रतन राजपूत

by
१४ चैत्र २०८०,
0
‘डिप्रेसन’बाट उदाएकी रतन राजपूत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय टिभीकी अभिनेत्र रतन राजुपूत ‘सन्तोषी माँ’ र ‘अगले जनम मोहे बिटिया ही किजो’ जस्तो सिरियलले चिनिएकी छिन्।

२०१८ सालमा क्यान्सरका कारण रतनका बुबाको मृत्यु भयो, त्यसपछि उनी डिप्रेसनको सिकार भइन्। त्यसपछि उनी अटोइम्यून डिसअर्डरसँग पनि संघर्ष गरिन्, जसले उनको आँखाको ज्योतिलाई असर गर्यो।

मुम्बईको गोरेगाउँ पश्चिममा रहेकी रतनले अभिनेत्री बन्ने सपना कहिल्यै देखेकी थिइनन्। तर उनले नसोचेको कुरा नै भइदियो।

जब उनी उद्योगमा आइन् त्यसपछि उनी कहिल्यै पछाडि फर्किइनन्। जस्तोसुकै परिस्थिती आएपनि उनी स्वंयले सामना गरिन्। निडरका साथ।

पटनामा जन्मिएकी रतनले अभिनेत्री बन्ने सपना देखेकी थिइनन्।

तर उनी भन्छिन्, ‘अभिनेता बन्ने सपना देखेको थिइनँ। हो, मलाई ऐनाको अगाडि अभिनय गर्न र आफैंलाई हेर्न मन पर्थ्यो। जब म पटनाबाट दिल्ली गएँ, मलाई के गर्ने थाहा थिएनरु म आफैंलाई खोज्न यहाँ आएकी थिएँ।’

दिल्ली छिरेपछि उनी श्रीराम भारतीय कला केन्द्रमा डान्सका लागि भर्ना भइन्।

नेशनल स्कूल अफ ड्रामामा भर्ना हुनसक्ने अवस्था थिएन उनीसँग। भर्नाका लागि नाटकको पृष्ठभूमि र विभिन्न १० वटा सर्टिफिकेट चाहिन्छ भन्ने थाहा थिएन।

अभिनय गर्ने मेन्टालिटी बनाएपछि उनले थिएटर हेर्न थाले। उनको पहिलो नाटक कास्टिङ डाइरेक्टर मुकेश छाबडाको थियो, जो त्यतिबेला अभिनय गर्थे। नाटकबाट ने सुरू भएको थियो उनको अभिनय यात्रा।

रतनको त्यो पहिलो काम

उनले पहिलोपटक दूरदर्शनको शो ‘कस्तो छ’ मा काम पाइन्। त्यो शोमा उनले बहिनीको भूमिका निर्वाह गरेकी थिइन्। तर पहिलोपटक अभिनय गर्दा उनी निकै डराएकी थिइन्।

उनले शोमा काम गरेको कुरा घरमा पनि पुगिसकेको थियो। शोको पहिलो एपिसोड सबैले हेरे। तर उनी कहीँ देखिइनन्। उनको मुख्य अभिनय पनि त थिएन नि पहिलो एपिसोडमै देखिनका लागि।

उनको शोको पहिलो एपिसोड प्रशारण भएपछि परिवारले रतनलाई भने कि शोमा उसलाई देखिएन। त्यसपछि रतनले भनिन् कि उनी तेस्रो एपिसोडबाट देखिनेछिन्।

त्यसपछि परिवारले उनको तेस्रो एपिसोडको पर्खिन थाले। तर त्यहाँ पनि उनी पासिङ शटमा मात्र देखा परिन्। तर उनलाई सिरियलमा केही सेकेन्डको लागि देखेर पनि उनका पिता धेरै खुसी थिए।

पिताले भने, ‘रसो तिमी धेरै राम्रो देखिएकी थियौं।’ त्यो शो–पछि उनले ‘राधा की बेतियाँ’ मा मुख्य भूमिका पाइन्। त्यसपछि उनले कहिल्यै पछि फर्किनु परेन।

शोमा विस्तारै लीड रोलमा देखिदैं थिइन् उनी तर विस्तारै उद्योगमा देखिन छाडिन्। तर उनले इन्डस्ट्री छाडेकी थिइनन्।

उनी भन्छिन्, ‘मैले जानाजानी ब्रेक लिएकी होइन। तर म हराएको भन्ने कुरामा सत्यता छैन।’ रतन काम गरेर अगाडि बढ्न चाहन्छिन्।

५ जनवरी २०१८ सालमा उनको बुबाको मृत्यु भयो। उनका पिता क्यान्सर पीडित थिए। उनीहरूलाई डाक्टरले एक महिनाको समय दिएको थियो। त्यो समय उनको लागि निकै पीडादायी थियो।

रतनले पितालाई बचाउनका लागि कयौं प्रयास गरिन्। पटनाबाट मुम्बई ल्याइन्। प्राकृतिक चिकित्साको सहयोगमा ३ महिनासम्म उनको हेरचाह गरिन्। तर काललाई रोक्न सकिएन।

‘यो सबै यति छिटो भइरहेको थियो कि मैले केही सोच्नै सकिनँ। म मेरो करिअर बनाउनमा यतिधेरै व्यस्त थिएँ कि बुबासँग धेरै समय बिताउन सकिनँ’, उनले सुनाइन्।

बुबाको मृत्युपछि उनको जीवन परिवर्तन भयो। उनको स्वास्थ्य बिग्रदै गयो। उनी डिप्रेसनको सिकार भइन्। बुबा बितेर लिएको तनावले कहिले शरीर छोयो रतनलाई पत्तै भएन।

डिप्रेसनसँगै उनी अटो इम्युन डिसअर्डरको सिकार भइन्। जुन रोगको कुनै उपचार थिएन।

भलै, उनी कमजोर भइसकेकी थिइन् तर उनमा आत्मविश्वास थियो। आफ्नो पूरा जीवन रतन त्यही रोगमा बिताउन चाहदिन थिइन्।

…त्यसपछि काममा फर्किइन्

विभिन्न रोगबाट मुक्त हुनका लागि उनले आफैंमा काम गर्न थालिन्। अनि यात्रा गरिन्। जसबाट उनले राहतको श्वास फेरिन्।

कयौं प्रयास र आयुर्वेदिक र होमियोप्याथिक उपचार गरेपछि उनी त्ये रोगहरूबाट मुक्त भइन्।

रोगबाट छुटकारा पाएपछि पुनः काममा फर्किएकी उनी आफूलाई जस्तोसुकै क्यारेक्टरमा ढाल्न सक्छिन्। उनी १८ घण्टा त सुटिङमै व्यस्त हुन्छिन्।

तर कुन समय उनी कामकै कारण रोएकी पनि थिइन्। काम धरै समय गर्नुपथ्यो। निन्द्रा राम्रोसँग पर्दैन थियो। सुत्नका लागि उनले डाक्टरको सल्लाहमा निद्राको चक्की खान्थिन्।

‘सन्तोषी माँ’ को सुटिङमा पनि त्यही गल्ती दोहोर्‍याएँ। पटक–पटक सुटिङ भइरहेको थियो। जसका कारण मेरो तनाव धेरै बढ्यो। म टिभी गर्न चाहन्न भन्ने पटक्कै होइन। टिभी सधैं मेरो पहिलो प्रेम हुनेछ, तर यस पटक फर्केर आउँदा म मेरो पुरानो गल्ती दोहोर्‍याउने छैन। मैले क्यारेक्टरलाई कसरी अन र स्विच अफ गर्ने भनेर सिकेको छु। खराब समयमा सबैभन्दा धेरै साथ दिने साथी कुन होरुु, उनले भने।

कलकारिताको क्षेत्रमा आफूलाई चिनाउन सफल भएकी उनले स्वयंवर पनि गरिन्। जसबाट उनले झनै चर्चा पाइन्।

तर उनको त्यो स्वयंवर पनि धेरै समय टिक्त सकेन। र, उनको इंगेजमेन्ट पनि टुट्यो। अहिले उनी एक्ली छन् तर खुसी छन्। –दैनिक भांस्कर

Previous Post

बिजुली आयात सम्झौताको म्याद सकिँदै, सम्झौता नवीकरणमा भारत सकारात्मक

Next Post

स्पष्टता नै सफलताको सबै कुरा हो

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ

स्पष्टता नै सफलताको सबै कुरा हो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In