• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिजुली आयात सम्झौताको म्याद सकिँदै, सम्झौता नवीकरणमा भारत सकारात्मक

by
१४ चैत्र २०८०,
0
किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताको म्याद सकिदैछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मार्च महिनाको अन्तिम दिन अर्थात् आइतवार यसको म्याद सकिँदै छ ।

नेपालले भारतसँग पाँच वर्षका लागि सम्झौता गरेर विद्युत आयात गरिरहेको घोषले बताए । ‘तर, यो सम्झौता पनि एक एक वर्षमा नवीकरण हुनुपर्छ,’ उनले भने ।

ऊर्जा मन्त्रालयका प्रवक्ता सिंहले पनि म्यादभित्रै सम्झौता नवीकरणका हुने अपेक्षा रहेको बताए । नेपालका तर्फबाट यस सम्बन्धी दस्तावेज पहिल्यै पठाइसकिएको पनि सिंहले बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जासचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका छन् ।

दुई सचिवबीच मंगलवार भएको वार्ता सकारात्मक भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताअन्तर्गत रहेर प्रतिस्पर्धी बजारबाट बिजुली आयात गरिरहेको छ । खासगरी हिउँदा र सुख्खा बेलामा भारतबाट करिब ४० प्रतिशत विद्युत आयात गरी प्राधिकरणले आपूर्ति गर्दै आएको छ ।

हाल नेपालमा करिब १५ सय मेगावाट विद्युत् आपूर्ति भइरहेकोमा त्यसको करिब ४६ प्रतिशत भारतमा आयात हुने गरेको नेपाल विद्युत् प्राधिकरणको मंगलवारको तथ्यांक छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौताअनुसार त्यहाँको खुलाबजारमा ऊर्जा किनबेच गर्दै आएको छ । नेपालमा आयात हुने अधिकांश ऊर्जा भारतको इनर्जी एक्सचेञ्ज मार्केटमार्फत नै हुने गर्छ ।

भारतमा पनि यस सम्बन्धी फाइल तयार भएर बसेको र अनुमतिको निर्णय मात्रै हुन बाँकी रहेको जानकारी आफूले प्राप्त गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

भारतमा निर्वाचन आउँदै गरेकाले त्यससम्बन्धी काममा व्यस्त हुनुपर्दा सम्झौता नवीकरणको स्वीकृतिमा ढिलाइ भएको जानकारी भारतीय सचिवले दिएको प्रवक्ता सिंहले जानकारी दिए । ‘नेपालसँगको मात्रै होइन, बंगलादेशसँगको सम्झौता नवीकरणमा पनि ढिलाइ भएको जानकारी उहाँहरुले दिनुभएको छ, तर यसमा चाँडै निष्कर्ष निस्कने पनि बताउनुभएको छ,’ प्रवक्ता सिंहले भने ।

विद्युत् आपूर्ति कम हुँदा नेपाल विद्युत् प्राधिकरणले अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक ८–१० घन्टा लोडसेडिङ गरिरहेको छ । भारतसँगको विद्युत् आयात सम्झौता नवीकरण नभएको खण्डमा सम्पूर्ण मुलुक लोडसेडिङमा जानसक्ने डर पैदा भएको छ ।

बर्खाको बेला नेपालमा विद्युत् उत्पादन मागभन्दा धेरै भए पनि हिउँदमा भने माग पूरा गर्न भारतबाट आयात गर्नुको विकल्प छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।

नेपालले भारतीय एक्सचेञ्ज बजारका अतिरिक्त बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत आयात गर्छ । एक्सचेञ्ज बजारमा आयात हुने विद्युत्को दर हरेक दिन परिवर्तन हुन्छ । तर, छुट्टै सम्झौतामार्फत आयात हुने विद्युतको दर भने स्थिर हुन्छ ।

नेपालले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा भारुमा विद्युत् आयात गरिरहेको छ भने ३३ केभीको प्रसारण लाइनबाट ६.६५ भारुमा विद्युत आयात गरिरहेको छ । तर, सानो प्रसारण लाइनबाट थोरै मात्रै विद्युत आयात गर्न सकिने हुँदा सीमावर्ती सहरहरुमा मात्रै त्यसको आपूर्ति गर्न सकिने प्राधिकरण स्रोत बताउँछ ।

Previous Post

म्याग्दीमा मह सिकार सुरु

Next Post

‘डिप्रेसन’बाट उदाएकी रतन राजपूत

सम्बन्धित खबर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि
फिचर-ब्यानर

निजामती सेवा अध्यादेशको तयारीको चर्चाले कर्मचारीमा बढ्यो असन्तुष्टि

१९ अशोज २०८३,
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
आवाज

किताब बगाएपछि बालबालिकालाई पढाइको पीर

१९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

१९ अशोज २०८३,
विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली
समाचार

विश्वकप लिग-२ खेल्न ओमान पुग्यो नेपाली राष्ट्रिय टोली

१९ अशोज २०८३,
लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
समाचार

लक्ष्मीपुरको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

१९ अशोज २०८३,
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

१९ अशोज २०८३,
Load More
Next Post
‘डिप्रेसन’बाट उदाएकी रतन राजपूत

‘डिप्रेसन’बाट उदाएकी रतन राजपूत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In