हिन्दुधर्म शास्त्रका विभिन्न धर्मग्रन्थ, वास्तुशास्त्र तथा ज्योतिषशास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपार्इंको खानपान, हिँडडूल, कामको शुरुवातल लगायतका विषय रहेका छन् । तपाईं कुनै काम गर्दै हुनुन्छ भने बार र राशीअनुसार काम गर्दा तपार्इंलाई फाइदा मिल्छ ।
वृषः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिको लागि सेतो शुभ रङ हो । सेतोको साथै नीलो, जामुनी तथा हल्का नीलो रङ पनि शुभ नै मानिन्छ । यो राशिका व्यक्तिहरूको पहिरनमा कुनै एक बस्त्र सेतो हुनु निकै राम्रो मानिन्छ । यदि त्यसो नभएमा एउटा सेतो रूमाल आफ्नो खल्तीमा राखिराख्नु पनि अति उत्तम र लाभदायी हुन्छ । यो राशिको शुक्र ग्रहसँग निकट सम्बन्ध हुन्छ । तसर्थ ज्योतिष शास्त्र अनुसार शुक्रवार भाग्यशाली वार हो भने बुधवार र शनिवार पनि शुभ फल दिने वारहरू हुन् । बृश्चिक राशिको चन्द्रमा परेको दिन कुनै पनि महत्वपूर्ण कार्य प्रारम्भ गर्न हुदैन ।













