• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

by
२४ फाल्गुन २०८०,
0
म्याग्दीका वन पाखामा फक्रँदै सिमल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘भर्खर माया बसेको बेलैमा
हिँड्नुु प-यो नौतुना रेलैमा

तिम्लाई छोडी हिँडेको दिन
रोएको मन बुझाउनै सकिन

सिमल फुुलेको
भुल्यौ क्यारे मायाले सँगै डुुलेको’

गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।

वसन्त ऋतुको सुरुआत । हिउँदको खडेरीले सुकेको पाखामा पालुवा हाल्ने तयारीमा रहेका बिरुवा । कोइलीको मनमोहक कुहुकुहुु आवाज । अनि म्याग्दी र कालीगण्डकी नदी वारपारका सडकछेउ तथा पाखामा फुलेको सिमल । यसैले बिर्साइदिन्छ जोकोहीको बिछोडको पल र प्रफुल्ल बनाइदिन्छ मन ।

अग्ला रुखमा फुलेको सिमलले पहाडको बेँसीलाई रङ्गिन र मनमोहक बनाएको छ । यतिखेर यो बाटो हुँदै बेनी र जोमसोम गर्ने आन्तरिक एवं विदेशी पर्यटक पनि सिमलको फूल हेर्दै कोइलीको आवाज सुन्दै रमाइरहेका छन् । कतिपय यस्तो वातावरणमा एकान्तको मज्जा लिन पनि आएका छन् ।

सिमलको फूलको रातो रङमा गाढा खैरोमा कलेजी सिमाना देखिन्छ । भित्रपट्टि गाढा रातो रङका पाँच वटा पुष्पपत्र हुन्छन् । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार म्याग्दीमा कडा रातो र रातोमा हल्का पहेँलो रङ मिसिएको फूल फुल्ने दुुई जातका सिमल पाइन्छ ।

यो सिमल फूल्ने मौसम भएकाले म्याग्दीका वनपाखाहरु सुन्दर देखिएका छन् । केही समयपछि लाली गुराँस फुलेर मनमोहक देखिने यहाँका वन पाखामा अहिले रातो रङमा फुलेको सिमलले सुन्दर बनाइदिएको छ । बाटो किनारमा ढकमक्क फूलेको फूल देखेपछि मानिसहरु सवारी रोकेर सिमलसँगै तस्बिर लिएर जाने गरेका छन् ।

सिमल दुर्लभ नै वनस्पति त होइन तर अन्य वनस्पतिझैँ जताततै पाइने सर्वसुलभ पनि होइन । समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा पाइने सिमलको वैज्ञानिक नाम ‘बम्बाक्स सेइबा’ हो । वनस्पतिविद् कमल मादेनका अनुसार सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

नेपालसहित दक्षिण एसियाका सबैजसो देश, चीन, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स आदि मुलुकमा सिमल पाइन्छ । मध्यरातपछि बिहानसम्ममा फक्रने सिमलको फूलको जैविक विशेषता हो ।

फूलको रस चुस्न रातमा चमेरो र बिहानीपख चराहरू झुम्मिन्छन् । सिमलको फूल मौरीको पनि आहरा हो । ‘बर्डस् एसोसिएटेडविद् रेड सिल्क–कटन ट्री, अम्रावती डिष्ट्रिक्ट’ महाराष्ट्र शीर्षकको २०१९ जनवरीमा प्रकाशन भएको अनुसन्धानात्मक लेखका अनुसार सिमलको फूलमा ८१ प्रजातिका चरा आकर्षित भएको पाइएको थियो ।

सिमल फूलको पुष्पपत्रलाई तरकारी तथा अचार बनाएर खाने प्रचलन रहेको म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका ७० वर्षीय ताराप्रसाद पौडेलले बताए। उनका अनुसार अघिल्लो पुुस्तासम्म कपासबाट बनेका कपडा सहजरुपमा उपलब्ध नहुँदा सिमलको भुवा सङ्कलन गरेर सिरानी, सिरक, डसना बनाउने गरिन्छ ।

हिजोआज सिमलको भुवा प्रयोग कमै मात्र हुन्छ । कपास सहजै पाइन थालेपछि सिमलको भुवाको प्रयोग घटेको हो । सिमलको बोक्रालाई दहीमा मिसाएर उपभोग गर्दा शरीरमा गर्मीका कारण उत्पन्न हुने स्वास्थ्य समस्या निको हुने सहायक वन अधिकृत सापकोटाले बताए। सिमलको डाँठ र मुना लाग्दै गरेको पातमा चिप्लो मात्रा धेरै हुन्छ ।

सिमलको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुने गरेको बूढापाका बताउँछन् । टाउको दुख्दा सिमलको पातको रस एक÷दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशन भएको ‘प्लान्ट्स एण्ड पिपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गरेका छन।

मानन्धरको लेखमा सिमलको जरा गुलियो हुने उल्लेख छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द भएको पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । गाउँघरमा गोठाला र खेताला जाँदा कलिलो सिमलको घोगालाई फलको रुपमा उपभोग गर्ने गरेको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाले बताए।

बाल्यकालमा अग्लो रुखबाट ढुङ्गा र लौरोले झटारो हानेर सिमलको घोगा झारेर खाएको उनले सम्झिए । पालुवा खेल्ने बैशाखको अन्तिमतिर सिमलको घोगा पाकेर घुवा निस्कने गर्छ । सिमलको भुवा उडाएर वरपरका पाखा सेताम्मे हुन्छन् ।

अनुसन्धानात्मक लेखमा सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्न सकिने बताइएको छ । महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुने अनुसन्धानमूलक लेखहरुमा उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागका नरहरि आचार्य र राजेश तामाङले सन २०१७ मा प्रकाशन गर्नुभएको ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ पुस्तकका अनुसार, चेपाङ समुदायले पेट दुख्ने, आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन । सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ ।

समाजको अनुभव र अध्ययन अनुसन्धानहरुले सिमल औषधिजन्य जडीबुटी रहेको बुझिन्छ । सिमलको उपयोगिताको विषयमा विस्तृत अनुुसन्धान गर्नुपर्ने डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत विनय अधिकारीले बताए।

वनस्पती र चराको सम्बन्धको अध्ययन गर्ने हो भने सिमलको रुखमा मात्र गिद्ध र चिल प्रजातिका पन्छीले गुँड लगाउने गर्दछन् । यी पन्छीले आफ्ना बासस्थानका लागि सिमलको रुख सुरक्षित ठान्ने गर्दछन् । अग्ला हुने सिमलको रुखमा बनाएको गुुँडलाई गिद्ध र चिलले सुुरक्षित मान्ने गर्छन् ।

गिद्धका अनुसन्धानकर्ताहरु अरु रुखमा हाँगा धेरै हुने र गिद्धका पखेटा ती हाँगामा ठोकिने भएकाले हाँगा धेरै नहुने र अग्ले हुने भएकाले सिमलमा गुँड बनाउन रुचाउने बताउँछन् । त्यसैले गिद्धको संरक्षणका लागि सिमलका रुख काट्न प्रतिबन्ध लगाइनुपर्ने उनीहरुको भनाई छ ।

सिमलको काठ केही वर्षअघिसम्म सलाई उद्योगमा प्रयोग हुने गरेको थियो । सलाईको वैकल्लिक साधनको विकास भएपछि प्रयोग घटेको छ । तर पनि दाउरा र काठका रुपमा पनि सिमल उत्तम ठानिन्छ । सिमलबाट बनेका फर्निचर हल्का हुने भएकाले पनि उपयुक्त ठानिएको छ ।

सुरिला सिमलको रुख खोपेर पानी घट्ट र नहर बनाउन नमिल्ने ठाउँमा डुढ बनाउने पनि गरिएको छ । पलास्टिकको पाइप उपलब्ध हुन थालेपछि सिमलको रुखको डुँढ बनाउन छाडिएको यसका प्रयोगकर्ताहरु बताउँछन् ।

सिमलको भुवा अरुका तुलनामा नरम र न्यानो हुन्छ । त्यसैले यसको सिरानी र सिरक बनाउन बढी प्रयोगमा ल्याउने गरिएको छ । हल्का खालको सिरक र सिरानी बनाउनका लागि यसको प्रयोग गर्ने गरिन्छ । सिमलको भुवाले बनाएको सिरक अरुका तुलनामा बढी न्यानो र हल्का पनि हुने गर्दछ ।

Previous Post

त्रिभुवन विमानस्थलमा उत्तरी दिशाबाट जहाज अवतरणमा रोक

Next Post

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
बढि मदिरा सेवन गरे के हुन्छ ?

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In