• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यौन दुव्र्यवहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

by
१९ फाल्गुन २०८०,
0
यौन दुव्र्यवहारको ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोकियो । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन्।

एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ ।

पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताएका हुन्।

उनले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गरेका छन् जसमा उनले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ । उनले टेलिभिजनसँगको सम्वादमा भने, “मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।”

“प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरूले थप सावधानीपूर्वक अनुसन्धान गरून्,” उनले भने ।

प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताएका छन्।

रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरूले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरू गर्ने र कर्मचारीहरूलाई झुक्न लगाउनेजस्ता कार्यहरू गर्ने गरेको’ आरोप लगाइएको छ ।

मङ्गलबार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिक रूपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन ।

साप्ताहिक शुकान बुनशुन पत्रिकामा प्रकाशित समाचारपछि सुरु गरिएको अनुसन्धानमा मेयरले महिला कामदारको टाउकोमा पटकपटक छुने गरेको उल्लेख छ । कोजिमाले यसलाई ‘कृतज्ञता व्यक्त गर्न’ का लागि गरिएको कार्य बताएका छन् ।

यो समाचार शुक्रबार सामाजिक सञ्जाल एक्समा ट्रेन्डिङमा परेको थियो । समाचारबारे धेरै प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका थिए ।

छानबिनका क्रममा समितिले कोजिमा नगरपालिकाका १९३ जना कामदारबीच सर्वेक्षणसमेत गरेको थियो ।

सर्वेक्षणमा सहभागी १६१ जनामध्ये ५३ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले मेयरले आफूलाई असहज महसुस गराउने काम गरेको बताएका थिए ।

जापानमा विश्वव्यापी बनिसकेको ‘मिटू आन्दोलन’ले गति लिएको थिएन । यहाँ धेरै पीडितहरू अगाडि आउन निकै डराएका छन् तर पछिल्लो समय एकाध उच्च–ओहोदासँग सम्बन्धित मुद्दाहरू सार्वजनिक हुन थालेका छन् ।

Previous Post

चोट सहिन्छ, कहिन्नः एक प्रेरक प्रसङ्ग

Next Post

क्रस बोर्डर पेमेन्ट : नेपाल–भारत कारोबारमा डिजिटल फड्को

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
क्रस बोर्डर पेमेन्ट : नेपाल–भारत कारोबारमा डिजिटल फड्को

क्रस बोर्डर पेमेन्ट : नेपाल–भारत कारोबारमा डिजिटल फड्को

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In